एक करोडभन्दा बढीको सुन र हीराका गहनासहित तीन जना पक्राउ
काठमाडौं,भन्सार छलेर ल्याएको रु एक करोड १० लाख बराबरको सुन र हीराको गहनासहित तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट काठमाडौँ लैजाँदै गरेको ६३ दशमलव ८९८ तोला र हीरा जडित गरगहना २२ दशमलव ८७८ तोला गहनासहित भारतीय नागरिक पक्राउ परेका हुन् ।
भारतको कलकत्ताबाट काठमाडौँ जान आउँदै गरेको भारतीय नम्बर प्लेटको WB12AV5566 नम्बरको भारतीय गाडीमा लुकाइछिपाइ ल्याउँदै गरेको गहना आज बिहान १ बजे प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले आज यहाँ पत्रकार सम्मेलन गरी पक्राउ परेका तीन जना र बरामद सामान सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश राज्य बलिया जिल्ला फेफना थानका ४२ वर्षीय विनोद प्रसाद, पश्चिम बङ्गाल राज्य हौडा जिल्ला गोलावाडी पुलिस थाना सल्किया स्कुलरोल कलकत्ताका ५१ वर्षीय गणपतकुमार तोसावर र ४२ वर्षीय नरेश बर्मा रहेको कार्यालयका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।
उहाँका अनुसार भन्सार छली ल्याएको गरगहना काठमाडौँ लैजाँदै गरेको सूचनाका आधारमा पक्राउ र बरामद गरिएको उउनले बताए । बरामद सामान र पक्राउ परेका उनीहरूलाई राजस्व अनुसन्धान विभाग पठाइने उनले बताए ।
यस्तै जिल्ला प्रहरी कार्यालयले ३३ बोतल लागुऔषध कोरेक्ससहित तीन जनालाई नियन्त्रणमा लिएको छ । राससका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका–६ जमौलीस्थित सडकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ८७७० को कारमा ल्याउँदै गरेको अवस्थामा लागुऔषध पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१२ का ४० वर्षीय सुरजकुमार शाही, ३६ वर्षीय प्रकाश गौतम, भरतपुर–२ का ५० वर्षीय शैलेन्द्र श्रेष्ठ रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- ‘ऋणम् कृत्वा घृतम् पिवेत’को नीति गलत
- महुली लघुवित्तको नाफा चार लाख ४९ हजार
- कन्ट्री रेटिङ ‘बीबी माइनस’, नेपालमा लगानीको जोखिम कायमै
- बैंकहरूले सेयर धितोमा दिए एक खर्बभन्दा बढी कर्जा
- सरकारको राजस्व संकलन १७ प्रतिशत बढ्यो
- अब नेपालमा ओमानी रियाल पनि खरिद बिक्री हुने
- यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको बढ्यो, कुनको घट्यो
- मेची भन्सारबाट नेपालको चिया चीन निकासी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया