ताप्लेजुङको फक्ताङलुङमा निःशुल्क आँखा शिविर
फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । गाउँपालिका र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा यहाँ नौ दिने आँखा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा एक सातामा एक हजार छ सय ५२ जनाको आँखा परीक्षण गरिएको छ । सत्तरी जनाको आँखाको शल्यक्रिया गर्ने तयारी छ । तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा र फक्ताङलुङको सहजीकरणमा यही फागुन ८ गतेदेखि सुरु भएको शिविर जारी छ ।
पहिलो दिन घुन्सा स्वास्थ्यचौकीमा ८१ जनाको आँखा जाँच भएकामा दुई जनाको मोतियाबिन्दुको समस्या देखिएको शिविरमा खटिएका चिकित्सकले बताएका छन् । शिविरको दोस्रो दिन ओलाङचुङगोला स्वास्थ्यचौकीमा ७० जनाको आँखा जाँच भएकामा चार जनामा मोतियाबिन्दुको समस्या पाइएको छ । त्यस्तै फागुन १३ गते हान्द्रुङ टार र हान्द्रुङ दुई सय १० जनाको आँखाको परीक्षण गरिएको थियो । फागुन १४ र १५ गते छिरुवामा चार सय ८८ जनाको आँखाको उपचार गरिएको गाउँपालिकाको स्वस्थ्य शाखाले जनाएको छ ।
यस्तै फागुन १६ र १७ गते सिंवा स्वास्थ्यचौकी सिंवा बजारका आठ सय दुई जनाको आँखाको उपचार गरिउको फक्ताङलुङका अध्यक्ष राजन लिम्बूले बताए । लिम्बूका अनुसार आज फक्ताङलुङ गाउँपालिका–५ हेल्लोक गाउँमा शिविर सञ्चालन हुनेछ । फागुन १९, २० र २१ गते गाउँपालिकाको केन्द्र तापेथोकमा शिविर सञ्चालन हुने छ । मोतियाबिन्दु र जटिल प्रकृतिका समस्या भएका बिरामीको भने पालिकाको केन्द्र तापेथोकमा सञ्चालन हुने शिविरमा शल्यक्रिया गरिने अध्यक्ष लिम्बूले बताए ।
निरन्तर तीन दिनसम्म उकाले ओरालो गर्र्दै कष्टकर पैदल यात्रापछि मात्र घुन्सा पुग्नु सकिन्छ । घुन्सा क्षेत्रमा अहिलेसम्म आँखा शिविर सञ्चालन भएको थिएन । पहिलो पटक तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक टोली नै घुन्सा गाउँमा आएर सर्वसाधारणले आँखा परीक्षण गराउनु पाउँदा स्थानीय खुसी भएको घुन्साका स्थानीय सेराप शेर्पाले बताए । पालिकाको केन्द्र तापेथोकको सरस्वती माध्यमिक विद्यालयमा हुने शिविरमा आँखा उपचारमा विशेष योगदान गरेबापत इसा अवार्ड प्राप्त गरेका वरिष्ठ नेत्र रोेग विशेषज्ञ डा. सन्दुक रुइतसहितको टोलीले उपचार गर्ने तय भएको छ ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, स्वास्थ्य / जिवनशैली
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया