नेपाल क्लियरिङ हाउस र इन्फोडेभलपर्स प्रालिबीच सम्झौता
काठमाडौं । इन्फोडेभलपर्स प्रालि र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच सम्झौता भएको छ । इन्फोडेभलपर्ससँग आबद्ध सहकारी संस्थाहरूले आफ्नो बैंक तथा वित्तीय संस्थाहरूमार्फत एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरू प्रयोग गरी भुक्तानी कारोबारलाई डिजिटाइज गर्ने कार्यलाई सहजीकरण गराउने सम्झौता भएको हो ।
सम्झौतामा इन्फोडेभलपर्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात् इन्फोडेभलपर्सको कोर सिस्टम प्रयोग गरिरहेका विभिन्न सहकारी संस्थाहरूले आफ्नो वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहहरूमा रहेको खातामा सजिलै रकम प्राप्त गर्न सक्नेछन् । त्यसैगरी खाताबाट नै आफ्नो सेटलमेन्ट बैंकमार्फत बैंक वित्तीय संस्थामा रहेको हितग्राहीको खातामा सजिलै फण्ड ट्रान्सफर तथा अन्य भुक्तानीहरू गर्न सकिने व्यवस्था मिलाइनेछ । उक्त सेवाहरूलाई सहकारी संस्थाहरूले उपलब्ध गराएको मोबाइल बैंकिङ एपमार्फत पनि विस्तार गर्न सकिने जानकारी पनि कम्पनीले दिएको छ ।
विद्युतीय भुक्तानी कारोबारको दायरा फराकिलो गरी थप ग्राहक समूहमा बैंकिङ पहुँच पु¥याउन एनसीएचएल र इन्फोडेभलपर्सको सहकार्यताले थप टेवा पु¥याउने अपेक्षा संस्थाहरूले लिएका छन् । हाल एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरूमा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरू आबद्ध छन् भने अन्य पीएसपी/पीएसओ, रेमिट्यान्स कम्पनीहरू, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्थाहरूलगायतका ८० भन्दा बढी गैरबैंकिङ संस्थाहरू इन्डाइरेक्ट/प्राविधिक सदस्यका रूपमा आबद्ध छन् । इन्फोडेभलपर्स प्रालिले सहकारी संस्थाका साथै विभिन्न सरकारी तथा अर्धसरकारी, लघुवित्त, सेयर मार्केटलगायतका विभिन्न संस्थाहरूलाई कोर सिस्टम प्रदान गरी डिजिटल माध्यमबाट भुक्तानी कारोबारहरू गर्न मद्दत पु-याउँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया