हुवावेको छायाँमा परेका अन्य चिनियाँ स्मार्टफोनको बजार बढ्दै
बेइजिङ । सामाजिक सञ्जाल टिकटकलाई प्रतिबन्धित गर्न पश्चिमा सरकारहरू एकअर्कालाई पर्ख र हेरको अवस्थामा रहेका समय चिनियाँ फर्महरू अझै पनि स्मार्टफोनदेखि नेटवर्क उपकरणसम्मका क्षेत्रमा विशाल छन् र केवल अघि बढ्न खोजिरहेका छन् ।
चीनको सबैभन्दा ठूलो कम्पनीमध्येको एक हुवावेले यसै साता बार्सिलोनामा आयोजित टेलिकम उद्योगको सबैभन्दा ठूलो वार्षिक कार्यक्रम मोबाइल वल्र्ड सम्मेलन (एमडब्लुसी) मा आफ्नो महत्वाकांक्षा स्पष्ट पारेको छ । यसको विश्वबजार अहिलेसम्मको सबैभन्दा ठूलो र निश्चित रूपमा सबैभन्दा उज्ज्वल छ ।
अहिले स्मार्टफोन निर्माता दक्षिण कोरियाली फर्म सामसङको अवस्थालाई पछ्याउँदै स्मार्ट फोन कम्पनी शाओमी, ओप्पो र अनरले स्मार्टफोन क्षेत्रमा सबैभन्दा आकर्षक चरणहरू कब्जा गरेका छन् ।
सन् २०२० मा आफ्नो स्मार्टफोन व्यवसायलाई पछाडि पार्दै नेटवर्क उपकरणजस्ता अन्य क्षेत्रमा ध्यान केन्द्रित गरेको हुवावेले छोडेको प्वाललाई उनीहरूले टाल्न खोजिरहेका छन् । संयुक्त राज्य अमेरिकाले ह्वावेको सञ्चालनलाई अत्यधिक प्रतिबन्ध लगाएको छ र युरोपेली संघले पनि त्यसै गर्ने प्रयास गरिरहेको छ । तर देशहरूले अझै पनि यसको उत्पादनहरू व्यापक रूपमा प्रयोग गर्छन् ।
गत वर्ष डेनिस फर्म स्ट्रान्ड कन्सल्टले जर्मनीको फाइभ–जी नेटवर्क उपकरणमध्ये ५९ प्रतिशत हुवावे रहेको उल्लेख गर्दै लेखेको थियो, ‘हुवावेले बर्लिनमा बेइजिङको तुलनामा उच्च बजार हिस्सा ओगटेको छ ।’
‘हुवावेलाई यसरी प्रभुत्व जमाउन दिनु भनेको तपाईंको सञ्चार नेटवर्कमा बेइजिङलाई ‘किल स्विच’ दिनु जस्तै हो’, रिपोर्टका लेखक जोन स्ट्रान्डले भने, ‘यदि चिनियाँ सञ्चार पूर्वाधार किन्नु ठीक हो भने चिनियाँ लडाकु विमानको बजारलाई फैलिन दिए हुन्छ ।’ रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया