Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधस्रोत नखुलेको भारतीय रूपैयाँसहित २ जना पक्राउ

स्रोत नखुलेको भारतीय रूपैयाँसहित २ जना पक्राउ


मोरङ । बिराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट स्रोत नखुलेको नगद ७ लाख २० हजार भारतीय रुपैयाँसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत हरियाणा बहादुरगंज बस्ने ३० वर्षीय सन्नी गुप्ता र सोही ठाउँ बस्ने ४३ वर्षीय सुरेन्द्र कुमार रहेका छन् ।

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त रूपैयाँसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया