विश्वकप क्रिकेट लिग–२ नेपाल युएईसँग पराजित
संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा नेपाल युएईसँग पराजित भएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल युएईएसँग ६८ रनले पराजित भएको हो । युएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपाल ३१ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १३९ रनमा समेटियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ६० रनको योगदान दिए । त्यस्तै सन्दीप लामिछाने २६ रनमा अविजित रहँदा आसिफ शेखले १७ रन जोडे ।
युएईका रोहन मुस्ताफा र कार्तिक मैयप्पनले समान ३र३ विकेट लिए भने जुनेद सिद्दिकीले २ विकेट झारे । जाहोर खान र सविर अलिले समान १र१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन बनाएको थियो । युएईका लागि ओपनर आसिफ खानले सर्वाधिक ७२ रनको योगदान दिएका थिए भने रोहन मुस्ताफले अविजित ५२ जोडेका थिए ।
त्यस्तै आर्यन लाक्राले २८ रन बनाए भने कप्तान सीपी रिजवानले २२ तथा वृत्य अरविन्दले १८ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने करण केसी, कुशल मल्ल र आरिफ शेखले समान १र१ विकेट झारे । जितसँगै युएई ३० खेलमा १४ मा जित र १३ मा हारसहित ३१ अङ्कका साथ पाँचौँ स्थानमा छ । पराजित नेपाल ३० खेलमा १३ मा जित र १५ मा हारसहित २८ अङ्कका साथ अङ्क तालिकाको छैटौँ स्थानमा छ ।
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया