दुई करोड १२ लाख बेरुजु फछ्र्योटका लागि अटेरी गर्दै विद्यालय
सोलुखुम्बु,सोलुखुम्बुका विद्यालयले दुई करोडभन्दा बढी बेरुजु रकम फछ्र्योटका लागि अटेरी गरिरहेको पाइएको छ । जिल्लाका सात स्थानीय तहका विद्यालयले वर्षौँदेखिको दुई करोड १२ लाख १० हजार बेरुजु फछ्र्योटमा अटेरी गरेका हुन् ।
जिल्लाको नेचासल्यान गाउँपालिकाभित्रका विद्यालयले पाँच लाख, लिखुपिकेमा ७१ लाख ७५ हजार, सोलुदूधकुण्डमा २६ लाख १० हजार, माप्यदूधकोशीमा ३० लाख ७५ हजार, सोताङमा एक लाख २५ हजार, महाकुलुङमा छ लाख २५ हजार र थुलुङ दूधकोशी गाउँपालिकाका विद्यालयमा ७१ लाख रुपैयाँ बेरुजु रहेको शिक्षा विकास तथा समन्वय इकाइ सोलुखुम्बुका प्रमुख खगेन्द्र श्रेष्ठले बताए ।
वर्षौँअघिको बेरुजु फछ्र्योट गर्नका लागि उनले विद्यालयलाई आग्रह गरेका छन् । पटक–पटक आग्रह गरे पनि विद्यालयले अटेरी गरिरहेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया