Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचेम्बर दोलखाले आयोजना गरेको दोलखा महोत्सव सुरु

चेम्बर दोलखाले आयोजना गरेको दोलखा महोत्सव सुरु


दोलखा,नेपाल चेम्बर अफ कमर्स दोलखाले आयोजना गरेको दोलखा महोत्सव २०७९ आज देखी सुरु भएको छ। आगामी फागुन २७ गतेसम्म चल्ने महोत्सवको नेपाल सरकारका उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका हुन्।

महोत्सवको उद्घाटन गर्दै मन्त्रीश्रेष्ठले व्यापार घाटा रोक्न उत्पादन वृद्धि गर्नुपर्ने उल्लेख गरे।शुक्रबार देखी सुरु भएको दोलखा महोत्सव २०७९ को उद्घाटन गर्नु हुँदै मन्त्री श्रेष्ठले नेपालको बिकास र समृद्धको लागि निजि क्षेत्रलाई साथमा लिएर बढ्दो ब्यापार घाटा घटाउन तर्फ सरकार लागिरहेको बताए।निजी क्षेत्र चलायमान नहुदा दैनिक ब्यापार घाटा बढ्दै गएको हुँदा अब सरकारका तिन वटै निकाय केन्द्र सरकार,प्रदेश सरकार र स्थानीय सरकारले विकास गर्दा निजि क्षेत्रलाई साथमा राखेर काम गर्नुपर्ने उल्लेख गरे ।

त्यसैगरी उपप्रधानमन्त्री श्रेष्ठले खस्केको ब्यापार व्यवसायलाई उकास्न र आर्थिक चलायमान बनाउन सरकारले निजी क्षेत्रसँग छलफल गरिरहेको पनि जानकारी दिए।कोरोना भाइरस पछि सेलाएको दोलखाको ब्यापार व्यवसायलाई लयमा फर्काउने उदेश्यले चेम्बर दोलखाले आयोजना गरेको दोलखा महोत्सवको सफलताको शुभकामना दिंदै उनले दोलखाली जनताको बीचमा सामाजिक आर्थिक गतिविधिलाई चलायमान बनाउनुपर्ने आजको आवश्यकता रहेको बताए।त्यस्तै पुँजीगत खर्च नहुदा ब्यापार घाटा बढेको समेत बताए।

धार्मिक,साँस्कृतिक,जलविद्युत उत्पादन तथा पर्यटकीय हिसाबले सम्भावना बोकेको दोलखालाई समृद्ध बनाउन निजि क्षेत्रको महत्त्वपूर्ण भुमिका रहने उल्लेख गर्दै मन्त्री श्रेष्ठले देशका लागि दोलखा सबै कोणबाट महत्वपूर्ण जिल्ला रहेकाले यो जिल्लाको विकासले देशको आर्थिक विकासमा सहयोग पुग्ने उनको भनाइ रहेको थियो।दोलखा चेम्बरका अध्यक्ष विष्णु श्रेष्ठको अध्यक्षयतामा शुक्रवार देखी सुरु भएको महोत्सवमा देशभरबाट निजी क्षेत्रका करिव एक सय २० जना ब्यापारीले विभिन्न किसिमका स्टल राखेका छन्।महोत्सवमा जिल्लाका विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो भने, पञ्चेबाजा संरक्षणका लागि पञ्चेबाजा बजाउने समूहबीच प्रतियोगिता आयोजना समेत गरिएको छ्।खैंजडी भजन तथा स्थानीय तथा राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुतिलगायतका कार्यक्रम रहेकोे दोलखा चेम्बर अफ कमर्सले जनाएको छ।

महोत्सव मुख्य आयोजक चेम्बरका अनुसार महोत्सवमा आर्थिक बहस,नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान(नाष्ट), विज्ञान तथा रोबोटिक एसोसिएसनको सहयोगमा रोबोट प्रदर्शन, कम्प्युटर एसोसिएसनको सहयोगमा निःशुल्क मर्मत शिविर तथा साइबर सचेतना कार्यक्रम सञ्चालन हुने बताइएको छ ।

साथै स्ट् फुड स्टिबल, माउन्टेन फ्लाइटमार्फत् दोलखाका पर्यटकीय स्थल अवलोकन तथा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयर अभौतिकीकरण शिविरलगायतका कार्यक्रम पनि रहेका चेम्बर दोलखाले जनाएको छ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया