Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेष्ट बैंकद्वारा टिच फर नेपाललाई सहयोग

एभरेष्ट बैंकद्वारा टिच फर नेपाललाई सहयोग


काठमाडौं, चैत ५
एभरेष्ट बैंकले टिच फर नेपाललाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको एक हिस्साका रूपमा देशका विपन्न वर्गलाई शिक्षा प्रदान गर्न विभिन्न कल्याणकारी गतिविधिहरू गरिरहेको छ । सोही प्रयासमा बैंकले हालसालै शिक्षामा सीएसआरको पहलअन्तर्गत टिच फर नेपाललाई सहयोग पु¥याउन चेक हस्तान्तरण गरेको हो ।

टिच फर नेपाल उत्कृष्ट विश्वविद्यालय स्नातकहरू र युवा पेशेवरहरूको एक पहल हो, जुन नेपालमा शिक्षा असमानता अन्त्य गर्न प्रतिबद्ध छन्, जसले सार्वजनिक विद्यालयहरूमा दुई वर्षको फेलोशिप शिक्षणको साथ सुरू गर्दै आइरहेको छ, बैंकले भनेको छ । बैंकले नेपालका विभिन्न सरकारी र सार्वजनिक विद्यालयहरूमा शिक्षा, सरसफाइ र खानेपानीलाई सहयोग गरिरहेको छ ।

आफ्नो मुुस्कानसहितको सेवा भन्ने नाराका साथ एभरेष्ट बैंक सधैँ आफ्नो ग्राहकहरूको फाइदा र सन्तुष्टिमा केन्द्रित रहने गर्दछ । सीएसआर गतिविधिहरूको एक भागको रूपमा एभरेष्ट बैंक सधैँ सामाजिक जिम्मेवारीप्रति सचेत रहेको छ र व्यापकरूपमा जनताको हितका लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

बैंकको ग्राहकहरूको संख्या बैंकिङ क्षेत्रमा सबैभन्दा धेरै ११ लाखभन्दा बढी रहेका छन्  । एभरेष्ट बैंकलाई सर्वश्रेष्ठ व्यवस्थित वाणिज्य बैंक, २०१९ बाट पुरस्कृत गरिएको थियो । यसबाहेक बैंकले हालसालै क्यामेल रेटिङअन्तर्गत वाणिज्य बैंकहरूको बीचमा सबैभन्दा राम्रो मूल्याङ्कन गरिएको बैंकको रूपमा चयन भएको छ । हालसम्म बैंकको ९५ शाखाहरू, ३१ राजस्व सङ्कलन काउन्टरहरू र एक सय तीन स्थानमा एटीएम रहेका छन् । आफ्नोे फराकिलो विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्कमार्फत बैंकले पेशेवर दक्ष बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x