Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभ्रष्टाचारको आरोपबाट मलेसियाका पूर्व नेता नजिबलाई सफाइ

भ्रष्टाचारको आरोपबाट मलेसियाका पूर्व नेता नजिबलाई सफाइ


क्वालालम्पुर । मलेसियाको एक अदालतले जेलमा परेका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई शुक्रबार भ्रष्टाचारको आरोपबाट सफाइ दिएको छ । तर उनले अर्को मुद्दाबाट १२ वर्षको जेल सजाय भोग्न पर्ने समाचारमा जनाइएको छ ।

राज्य अभियोजकहरूले आफ्नो मुद्दा प्रमाणित गर्न पर्याप्त प्रमाणहरू प्रदान गर्न असफल भएका उच्च अदालतका न्यायाधीश मोहम्मद जैनी मजलानले बताएका छन् ।  भ्रष्टाचारको सो आरोप शुक्रबार खारेज गरिएको थियो । यो आरोप ठहर भएको भए २० वर्षसम्मको जेल सजाय हुने थियो ।

परिवर्तित आरोपअनुसार कुनै पनि आपराधिक दायित्वबाट उनलाई मुक्त गर्न उद्देश्य रहेको जनाइएको छ । उनलाई तत्कालीन कोषका अध्यक्ष र प्रमुख कार्यकारी अरुल काण्डले सहयोग गरेको आरोप छ । हाल अरुलले पनि सफाई पाएका छन् । रासस/एएफपी


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया