दुई रेलमार्गबीच तादात्म्यता मिलाउने योजना
काठमाडौं । सरकारले निर्माण सुरु गरेको पूर्व(पश्चिम रेलमार्ग र भारतीय सरकारको सहयोगमा अध्ययन भइरहेको रेलमार्गका बीचमा तादम्यता मिलाउने (सिङ्क्रोनाइज) गर्न तयारी अघि बढाइएको छ ।
रक्सौल–काठमाडौँ रेलमार्ग पनि निजगढ खण्डमा मिल्ने हुँदा निर्माण सुरु हुनु अघि नै दुई लाइनबीच तादात्म्यता मिलाउन आवश्यक रहेको रेल विभागका प्रवक्ता (सिनियर डिभिजनल इञ्जिनियर) अमन चित्रकारले बताए । भारतीय पक्षले रक्सौल–काठमाडौँको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अध्ययन गरिरहेको छ ।
भारतीय पक्षलाई लिखितरूपमै निजगढ खण्डको केही सूचना दिनका लागि भनिएको समेत उनको भनाइ छ । उनले भने, “एउटा रेलबाट अर्को रेलमा यात्रु कसरी परिवर्तन गर्ने, कसरी चढाउने र झार्ने, कसरी सामान एउटाबाट अर्कोमा हाल्ने र कसरी मालसामान ढुवानी गर्ने भनी मिलाउनुपर्ने हुन्छ ।”
भारतीय कम्पनी कोंकण रेल्वे कम्पनी लिमिटेडले अध्ययनको काम गरिरहेकाले पहिले लिखितरूपमै पठाइएको प्रवक्ता चित्रकारले राससलाई बताए । त्यहाँबाट जवाफ नआएपछि अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट परराष्ट्र मन्त्रालय हुँदै भारतीय पक्षलाई अनुरोध गरिएको छ ।
पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत अहिले निजगढ–भरतपुर खण्डको डिपिआर अध्ययन भइरहेको छ । पहिले सबै खण्डको अध्ययन भइसकेको भए पनि यो खण्डमा रेखाङ्कन परिवर्तन गर्नुपर्ने भएकाले पुनः अध्ययन भइरहेको प्रवक्ता चित्रकारको भनाइ छ । पहिलेको रेखाङ्कन चितवन राष्ट्रिय निकुञ्जभित्रबाट रहेकाले अहिले त्यहाँबाट नलगेर निजगढबाट हेटौँडा हुँदै भरतपुर लैजाने गरी डिपिआर भइरहेको उनले बताए ।
सरकारसँग भारतीय पक्षले गरेको सम्झौता (एमओयु) अनुसार सो अध्ययन प्रतिवेदन सुरु भएको १८ महिनामा दिनुपर्ने उल्लेख छ । प्रारम्भिक अध्ययनका आधारमा काठमाडौँ–रक्सौल रेलमार्गको लम्बाइ एक सय २६ किमी अनुमान गरिएको थियो । निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल वरपरबाट घुमाएर गर्दा लम्बाइ केही बढ्नसक्ने देखिएको छ ।
रक्सौल–काठमाडौँ रेलमार्ग ब्रोड गेजमा अध्ययन भइरहेको छ भने पूर्व–पश्चिम रेलमार्ग अहिले पछिल्लो चरणमा स्ट्याण्डर्ड गेजमा अध्ययन भइरहेको छ । भारत सरकारले निर्माण गरिरहेको अरु रेलमार्ग पनि ब्रोड गेजका छन् । चीन सरकारले सुरु गरेको काठमाडौँ–केरुङ रेलमार्ग भने स्ट्याण्डर्ड गेजमै छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया