Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रचण्डले विश्वविद्यालय बनाउन खोजेको होइन : ओली

प्रचण्डले विश्वविद्यालय बनाउन खोजेको होइन : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले मुलुकलाई विदेशीहरुको खेल मैदान बनाउन खोजिरहेको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्विकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनविरुद्ध गद्दारी गरेको आरोप लगाएका छन् ।

शनिबार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा ओलीले मुस्ताङमा रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो मुलुकका लागि अति नै खतरनाक भएको दाबी गरे ।

विश्वविद्यालय बनाउन खोजेको होइन, विश्वविद्यालयको नाममा विदेशीहरुको खेल मैदान बनाउन खोजेको हो । ओलीले भने । प्रचण्डले भारतलाई खुशी पार्न भारतबाट आउने तरकारीहरुको जाँच गर्नु नपर्ने आदेश दिएको ओलीले आरोप लगाएका छन् ।

‘अहिले सरकारमा बस्नेहरुलाई कुनै लाजसरम छैन् । हाम्रो भान्सामा विषायीयुक्त चिज आउन दिने, मालिक खुसी हुन्छन कि हुँदैनन् । मालिक खुसी हुन्छन भने नेपाली मरेर के भयो ? नेपालीका भान्सामा विषादी आएर के भयो ?’ ओलीले भने । उनले कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनको कुनै गन्तव्य नभएको पनि बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया