Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशचाउचाउ आयात नगर्ने पक्षमा व्यवसायी

चाउचाउ आयात नगर्ने पक्षमा व्यवसायी


 सोलुखुम्बु । यहाँका व्यवसायीहरु सोलुखुम्बुमा चाउचाउ आयात नगर्ने पक्षमा देखिएका छन् । सल्लेरीमा बसेको उद्योग वाणिज्य संघको बैठकमा व्यवसायीले जिल्लामा रम्बालगायतका चाउचाउ आयात गर्न नसक्ने बताएका हुन् ।

अहिले स्टक रहेको बेच्ने तर अब आयात नगर्ने उनीहरुको भनाइ थियो । चाउचाउको मूल्य अत्यधिकरुपमा वृद्धि भएका कारण बिक्री गर्न नसकिने भन्दै उनीहरु आयात नगर्ने पक्षमा पुगेको उद्योग वाणिज्य संघका सहसचिव महेश खालिङले बताए ।

लागत मूल्यअनुसारको चाउचाउ नभएकाले घाटामा व्यापार गर्न नसकिने भन्दै अहिलेलाई आयात नगर्ने निर्णय गरिएको उनले बताए । यस्तै सर्वव्यापीरुपमा आलोचना भएपछि उद्योग वाणिज्य संघ सोलुखुम्बुले मूल्यसूची सच्याएको छ । जिल्ला सदरमुकाम क्षेत्रमा फागुन १ गते उद्योग वाणिज्य संघका केही पदाधिकारी र व्यवासयी बसेर गरेको मूल्य निर्धारणको आलोचना भएपछि उद्योग वाणिज्य संघले मूल्यसूची सच्याएको हो ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया