‘आर्थिक स्थायित्वका लागि ब्याजदरमा लकअप प्रणाली आवश्यक’
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक स्थायित्वका लागि ब्याजदरमा लकअफ प्रणाली लागू गर्नुपर्ने बताएका छन् । ब्याजदर अस्थिर हुँदा ऋणीहरू मर्कामा परेको र लगानीको वातावरण सिर्जना हुन नसकेको भन्दै अध्यक्ष मल्लले लकअप प्रणालीमा जानुपर्ने बताएका हुन् ।
उद्योग व्यवसाय सञ्चालन, घरजग्गा, कृषिलगायत विभिन्न प्रयोजनमा ऋण लिने प्रक्रियामा सुरुवाती चरणमै निश्चित ब्याजदर कायम गर्ने र पछि फेरबदल नहुने हो भने वित्तीय क्षेत्रमा अस्थिरता नआउने अध्यक्ष मल्लको भनाइ छ । दोलखा चेम्बरको आयोजनामा भएको महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष मल्लले बैंक वित्तीय संस्थामा भएको उच्च ब्याजदरका कारण व्यावसायिक गतिविधि ठप्पप्राय भएको बताए । उनले भने, ‘ब्याजदर १५/१६ प्रतिशतसम्म कायम छ । ऋण लिएर व्यवसाय गर्ने वातावरण छैन, उद्योगी व्यवासायीहरू पलायन हुने अवस्था सिर्जना भएको छ ।’ बैंक वित्तीय संस्थाले आधारदरमा लिने प्रिमियम उच्च हुँदा पनि ऋणीहरू मर्कामा परेको अध्यक्ष मल्लले बताए । उनले भने, ‘आर्थिक विकास र समृद्धिका लागि वित्तीय स्थायित्व र लगानीको वातावरण सिर्जना गर्न आवश्यक छ ।’
उद्योग तथा साना व्यवसायमा सामूहिक लगानीमार्फत नयाँ रोजगारी सिर्जना गर्नका लागि निजी क्षेत्र र सरकारबीच हातेमालो गर्न आवश्यक रहेकोमा अध्यक्ष मल्लले जोड दिए । कृषि, पर्यटन, एवं साना उद्योगको विकास राज्यको प्राथमिकतामा पर्नुपर्ने अध्यक्ष मल्लले बताए । यस्तै उनले दोलखा कृषि उत्पादनका दृष्टिकोणले अग्रणी भए पनि अपेक्षित लाभ प्राप्त हुन नसकेको बताए । दोलखामा सामूहिक खेती प्रणालीमार्फत उत्पादन वृद्धि गर्न सकिने अध्यक्ष मल्लको भनाइ छ । उनले जिल्लामा उत्पादित कृषि उपजहरूको बजारीकरणका लागि दोलखा चेम्बर अफ कमर्सले समन्वय गर्ने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- आसोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे
- यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
- तुलसीपुरमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, तीनजना घाइते
- इजरेलद्वारा इरानमा हवाई हमला, क्षतिबारे इरानले के भनेको छ?
- विभिन्न नाम र स्वरुपमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधिहरु उचित नरहेको सत्तारुढ गठबन्धनको निष्कर्ष
- कसरी हुन्छ सङ्गठित अपराधको अनुसन्धान, सहकारी ठगी कस्तो अपराध हो ?
- दैनिक जीवनसँग जोड्ने गरी प्राविधिक शिक्षा उपलब्ध गराउनुपर्छ: मन्त्री भट्टराई
- कुरिनटार जाँदै गरेको भ्यान दुर्घटना
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया