Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबेकोले ल्यायो निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प

बेकोले ल्यायो निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प


काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले सीमित अवधिको लागि सम्पूर्ण एसीका ग्राहकलाई लक्षित गरी निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको छ । यस योजनाअन्तर्गत कम्पनीका ग्राहकहरुले कुनै पनि ब्रान्डको एसीमा निःशुल्क एसी सर्भिसिङ पाउनेछन् । साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा उक्त पुरानो एसीको उचित मूल्यांकनका साथ बेकोको उच्च गुणस्तरीय एसीसँग साट्न सक्नेछन् ।

नयाँ बेको एसीहरुमा १० वर्षको कम्प्रेसर वारेन्टी रहेको छ । साथै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुटका साथै नयाँ बेको एसी खरिद गर्दा २० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्नेछ । यो सुविधा र सर्भिस लिनको लागि ग्राहकहरुले फोन नं ९८०३६२१९२४, ९८६४४७५५६९ मा अथवा इमेलमार्फत आफ्नो जानकारी रजिस्टर गराउनुपर्नेछ । यो सुविधा ग्राहकवर्गहरुले घरमै बसी बसी लिन सक्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया