आईसीटी क्षेत्रका एक सय एक महिलालाई सम्मान गरिने
काठमाडौं । वुमन इन इन्फरमेसन टेक्नोलोजी (डब्लूआईआईटी) ले सञ्चार तथा सूचना प्रविधि क्षेत्रका एक सय एक जना महिलाहरुलाई सम्मान गर्ने भएको छ । अन्तर्राष्ट्रिय महिला दिवस २०२३ को अवसर पारेर डब्लुआईआईटीले फागुन २४ गते होटल हायात प्लेसमा महिलाहरु सम्मान गर्न लागेको हो ।
प्रविधिलाई प्रयोग गरी कसरी लैंगिक समानता ल्याउन सकिन्छ भन्ने बारेमा ‘डिजिटल इनोभेसन एण्ड टेक्नोलोजी फर जेन्डर इक्वालिटी’ विषयमा कन्फ्रेन्सको पनि आयोजना हुने डब्लूआईआईटी संस्थाका अध्यक्ष गुणकेशरी प्रधानले जानकारी दिए । उक्त कार्यक्रममा प्रतिनिधि सभाका सांसद सुमना श्रेष्ठ ‘कि–नोट’ वक्ताको रुमा रहेकी छिन् । उक्त कन्फ्रेन्समा एसिया प्यासिफिक टेलिकम्युनिटीकी पूर्वकार्यक्रम संयोजक एलिसा राज भण्डारीले आईसीटीमा लैङ्गिक समानता प्रवर्द्धन गर्न विश्वव्यापी पहलहरूको बारेमा प्रस्तुति दिनेछिन् भने वायरलेस सेवा निर्देशनालय, नेपाल टेलिकमकी निर्देशक मिनु प्रधानले फाइभजी प्रविधि र त्यसको प्रभावले स्मार्ट सहर, स्मार्ट समुदाय, स्मार्ट परिवारजस्ता साँच्चै स्मार्ट समाजको विकासमा फाइभीले ल्याउने लैंगिक समानताको बारेमा कार्यपत्र प्रस्तुत गर्नेछिन् ।
यस सम्मेलनमा १०१ जना आईसीटी क्षेत्रका महिलाहरुबारे समावेश भएको किताबसमेत सार्वजनिक गरिने सूचना प्रविधिमा महिला अर्थात् डब्लूआईआईटी संस्थाका उपाध्यक्ष शिला कंसकार कार्कीले बताइन् । उक्त कार्यक्रमको नेपाल टेलिकम र लिभिङ विथ आईसीटी सहयोगी संस्थाको रुपमा रहेका छन् । डब्लूआईआईटी आईसीटी क्षेत्रमा महिलाको प्रभावकारी सहभागिता र उनीहरुलाई थप प्रोत्साहनको लागि स्थापना गरिएको गैरसरकारी संस्था हो । संस्थाले महिलाहरुका लागि विभिन्न वर्कशप, सेमिनार, ह्याकाथन, वार्षिक प्रकाशन, नेटवर्किङ कार्यक्रम, डिजिटल साक्षरतासम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । संस्थाले काठमाडौंबाहिर पनि पोखरा र अन्य क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गरिसकेको छ ।
संस्थाले गत वर्ष साइबर सुरक्षासम्बन्धी विशेष वार्षिक प्रकाशन (पुस्तक) सार्वजनिक गरेको थियो । संस्थाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुको सहकार्यमा सूचना प्रविधिको क्षेत्रमा महिलाको उपस्थितिलाई गर्विलो बनाउने प्रयास गरिरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया