स्मार्ट च्वाइस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकबीच सम्झौता
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनकको अनुमतिप्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र ‘क’ वर्गको वाणिज्य बैंक माछापुच्छ्रे बैंकबीच बैंकद्वारा सञ्चालित रेमिट्याप वालेटमा स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ ।
सम्झौतापत्रमा स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र माछापुच्छ्रे बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापाले हस्ताक्षर गरेका हुन् । विगत २० वर्षदेखि कार्डलगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्ट च्वाइस टेक्नोलोजिज र नेपाली वालेट प्रयोगकर्ता माझ लोकप्रिय रेमिट्याप वालेटबीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।
यस सम्झौतापछि रेमिट्याप प्रयोगकर्ताले रेमिट्यापमार्फत स्मार्ट क्यूआर मर्चेन्टहरूलाई भुक्तानी गर्न सक्नेछन । ईमभी स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीचमार्फत कारोबारको भुक्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया