Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलको युवालक्षित ‘सही यो ! पावर सिम’

एनसेलको युवालक्षित ‘सही यो ! पावर सिम’


काठमाडौं, चैत ६
एनसेल प्राइभेट लिमिटेडले विभिन्न सेवाहरूको बन्डलिङसहित नयाँ स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ ल्याएको घोषणा गरेको छ । कम्पनीका अनुसार यो सिममार्फत ग्राहकले अझ सुलभ दरमा सेवाहरू लिन सक्नेछन् । पीआरबीटी, स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामी म्युजिक र हङ्गामा म्युजिक प्रो निःशुल्क सुचारु गर्न सकिने र प्रत्येक एक सय रुपैयाँ मेन ब्यालेन्सको खर्चमा डेटा बोनस पाउने यो सिमका विशेषता हुन् ।

यसबाहेक ग्राहकले बोनसका रूपमा गेमिङ र म्युजिकको मजा लिन पाइने आकर्षक डेटा प्याकहरुबाट फाइदा लिनसक्ने कम्पनीले जनाएको छ । ग्राहकहरूले करसहित मात्र ९९ रुपैयाँमा बिहीबार (चैत ६) बाट यो सिम लिन सक्नेछन् । यो सिम लिनका लागि नागरिकता वा म्याद नसकिएको सवारी चालक अनुमतिपत्र वा राहदानी, पासपोर्ट साइजको एकप्रति फोटो र म्याद नसकिएको विद्यार्थी परिचयपत्र आवश्यक पर्दछ । यो सिममा ग्राहकले २० रुपैयाँको मेन ब्यालेन्ससहित सात दिन समयावधि रहेको ५०० एमबी डेटा (२५० एमबी फोरजीसहित), १० मिनेट अन नेट टक टाइम र एक सय वटा अन नेट एसएमएस पाउनेछन् । सिमसँगै बन्डल भई आउने पीआरबीटी (सेवा र स्वतः आउने टोन) स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामी म्युजिक र हङ्गामा म्युजिक प्रो सेवाहरू सिम सुचारु भएको मितिबाट ३० दिनका लागि मान्य हुनेछन् ।

यस नयाँ स्टार्टर प्याक योजनामा ग्राहकले सिम सुचारु गरेको दिनको मध्यरातभित्रै एक सय रुपैयाँ वा सोभन्दा माथिको ब्यालेन्स रिचार्ज गरेको खण्डमा ३० दिनसम्म प्रत्येक दिन १५० एमबी डेटा बोनस र माईफाइभ सेवा १२ महिनासम्मका लागि पाउनेछन् । प्रत्येक दिन पाइने १५० एमबी डेटाको समयावधि सोही दिनको मध्यरातसम्म हुनेछ ।

माई फाइभ सेवाअन्तर्गत पहिलो एक महिनाका लागि पाँच माईफाइभ नम्बरहरूमा विना कुनै शुल्क कुरा गर्न सकिनेछ भने बाँकी ११ महिना ती नम्बरहरूमा मात्र ९९ पैसा प्रतिमिनेटमा भ्वाइस सेवाको लाभ लिन सकिनेछ । यसका साथै यो योजनाअन्तर्गत ग्राहकले प्रत्येक एक सय रुपैयाँको खर्चमा ५०० एमबी (२५० एमबी अलटाइम र २५० एमबी फोरजी) बोनस डेटा १२ महिना सम्म प्राप्त गर्नेछन् ।

कम्पनीका अनुसार ‘सही यो ! पावर सिम’ प्रयोग गर्ने ग्राहकका लागि आकर्षक डेटा प्याक पनि छन् । ग्राहकले एस्ट्रिक्स१७१०३ह्यास डायल गरी गेमिङ प्याक र म्युजिक प्याक खरिद गर्न सक्नेछन् । ग्राहकले करबाहेक १ सय १० रुपैयाँमा गेमिङ प्याक सुचारु गर्न सक्नेछन्, जसअन्तर्गत सात दिन समयावधि रहेको २ जीबी प्राप्त गर्नेछन् । यसका साथै सात दिनसम्म डिजिटल सर्भिस् (प्लेलाइभ, गेम्सपार्क र गेम्स प्लस) निःशुल्क सुचारु गर्न सक्नेछन् । त्यस्तै, ग्राहकले कर बाहेकमात्र १ सय ५ रुपैयाँमा म्युजिक प्याक सुचारु गर्न सक्नेछन् ।

म्युजिक प्याकअन्तर्गत ग्राहकले सात दिन समयावधिको २ जीबी डेटा प्राप्त गर्नेछन् । यसका साथै सात दिनसम्म डिजिटल सर्भिस (हङ्गामा म्युजिक प्रो र दामी म्युजिक) निःशुल्क सुचारु गर्न सक्नेछन् । युवा पुस्ताका लागि विशेष र विभिन्न सेवाहरुको बन्डलिङसहित नयाँ स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ ल्याउन पाएकोमा एनसेल हर्षित रहेको कम्पनीले जनाएको छ । यो योजनाले आधुनिक युवावर्गको सञ्चार सेवाको आवश्यकता परिपूर्ति गर्नुका साथै उनीहरूले बढी प्रयोग गर्ने सेवाहरूमा सहज र सरल पहुँच बनाउने विश्वास एनसेलको लिएको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x