Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाली उपभोक्ता संरक्षण महासंघका विभिन्न समिति

नेपाली उपभोक्ता संरक्षण महासंघका विभिन्न समिति


काठमाडौं । नेपाली उपभोक्ता संरक्षण महासंघले विभिन्न समिति गठन गरेको छ । महासंघको बैठकको निर्णयअनुसार विभिन्न १५ समितिको संयोजक मनोनयन गरिएको महासंघका प्रवक्ता लुमडी कार्कीले जानकारी दिए ।

गठन गरिएका समितिहरुमा अनुगमन तथा मूल्यांकन समितिको संयोजकमा लुमडी कार्की, संगठन सदस्यता तथा नवीकरण समितिको संयोजकमा अर्जुन कुमार खड्का, अनुसन्धान तालिम र विकास समितिको संयोजकमा लक्ष्मी शर्मा, अनुशासन समिति संयोजक ध्रुव बहादुर शाह, आर्थिक समिति दुर्गा थापा, कानुन तथा नीति निर्माण समिति संयोजक अधिवक्ता विष्णु कुमार गिरी छन् ।

यस्तै खेलकुद समितिमा सोभितमान गिरी, प्रत्यक्ष बिक्री समितिमा अर्जुन कुमार श्रेष्ठ, संघ/संस्था समन्वय समितिमा यशु अधिकारी, प्राविधिक परामर्श समितिमा प्रज्वल भट्टराई, कृषि समन्वय समितिमा सुरेन्द्र कुमार जोशी, विवाद समाधन तथा परामर्श समितिमा सुमन कुमार लामा, राजस्व परामर्श समितिमा समिर राना र सहकारी व्यवस्थापन समितिमा जय कला बस्नेत संयोजक छिन् ।

नेपाली उपभोता संरक्षण महासंघका अध्यक्ष चन्द्र साउदले नेपालको कालोबजारी, भ्रष्टाचार, गुणस्तरहीन अखाद्य–विषादी वस्तुको निर्मूलीकरण गरी सर्वसाधारणको चुल्होमा स्वस्थ खाना र जीवनमा स्वस्थता ल्याउन महासंघले अल्पकालीन र दीर्घकालीन कार्यक्रम सञ्चालन तत्काल सुरु गर्ने जानकारी दिए । उपभोक्ता हकहितसम्बन्धी छुट्टै मन्त्रालय गठन गर्न आग्रह गर्दै उनले स्थानीय, प्रदेश र केन्द्र गरी तीन तहमा अधिकारसम्पन्न अनुगमन समिति गठन गरी तीनवटै तहमा नेपाली उपभोक्ता संरक्षण महासंघको प्रतिनिधित्व सुनिश्चित गर्न अभियान नै सञ्चालन गर्ने बताए ।

महासंघमा सातवटै प्रदेशबाट प्रतिनिधित्व गर्दै उपभोक्ता हकहितमा कार्यरत ११ संघहरु आबद्ध छन् । आमउपभोक्ताले भोग्नुपरेकोे कालोबजारी, भ्रष्टाचार, कुुशासन, गुणस्तरहीन/अखाद्य वस्तु तथा सेवाविरुद्ध उपभोक्ता हकहितका लागि जनस्तरको खबरदारी गर्ने र सुशासन कायम गर्ने कार्य महासंघले गर्दै आएको छ ।

कालोबजारी गुणस्तरहीन वस्तु तथा सेवाको पूर्ण निष्क्रियता, उपभोक्ताको हकहितको लागि जनस्तरको खबरदारी हाम्रो प्रतिबद्धता भन्ने मुख्य नारासहित महासंघको स्थापना गरिएको हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया