बढाऔँ खर्चिलो पर्यटकको ‘ब्यारोमिटर !’
काठमाडौं । विश्वका लगभग २२० राष्ट्रहरुको साझा संस्था ‘संयुक्त राष्ट्र संघ’ मातहत रहेको विश्व पर्यटन संगठन ‘वर्ल्ड टुरिज्म अर्गनाइजेसन’ (यूएनडब्लूटीओ)ले हालै प्रकाशित गरेको आफ्नो विभिन्न अध्ययन प्रतिवेदनअनुसार सन् २०२२ मा ९० करोडभन्दा केही बढी संख्या पर्यटकले विश्वका विभिन्न देश भ्रमण गरेका छन् । जुन संख्या सन् २०१९ को कोरोनाकालअघिको तुलनमा ६३ प्रतिशत पुगेको छ । तथापि यस आगमनदरलाई तुलना गरेर हेर्दा यो संख्या भनेको सन् २०२१ को विश्व पर्यटन आगमनदरको तुलनामा ६५ प्रतिशतले बढी हो ।
त्यस्तै यो वर्ष, अर्थात् सन् २०२३ मा सन् २०१९ को नजिकै (८५–९५ नजिक पुग्ने) ताजा प्रक्षेपण पनि गरेको छ, यूएनडब्लूटीओले । हुनत सन् २०१९ को रप्mतारमा विश्व पर्यटनले सन् २०२५–२०२६ सम्म लाग्न सक्छ भनेर पहिल्यै ‘वर्ल्ड टुरिज्म अर्गनाइजेसन’ले भनी सकेको पनि अवस्था हो । मतलब सन् २०२५ सम्ममा विश्व पर्यटन आगमनदर पर्यटन गतिविधिहरु पुरानो स्थिति अर्थात् सन् २०१९ मा फर्किने सम्भावना देखिन्छ । त्यसपछि बल्ल विश्व पर्यटनमा घुम्न निक्लने पर्यटकको संख्या र उनीहरुले गर्ने दैनिक खर्चको सीमा पनि बढ्दै जाने अपेक्षा गर्न सकिन्छ ।
तथापि पनि यसो भनिरहँदा कोरोना महामारी (कोभिड–१९)ले के गर्छ, कसो गर्छ ? अबका दिनमा कोरोना महामारीको भाइरसले विश्राम लिन्छ ? यस सम्बन्धमा हामी कसैलाई पनि थाहा छैन । त्यसैले यस विषयमा मजस्तो लाटो–बुंगोले ठोकेरै यसै हुन्छ भनी लेख्न सक्ने स्थिति पनि रहेन नै । किनभने, विश्वका एकसे एक भाइरल रोग विज्ञका साथै वैज्ञानिकहरु र संयुक्त राष्ट्र संघमातहत रहेको ‘विश्व स्वास्थ्य संगठन’ले पनि कोरोनाका महामारीका बारेमा यसै हुन्छ भनी मुख खोलेर बोल्न नसकेको विद्यमान अवस्था छ ।
सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनबाट फैलन सुरु भएको कोरोना महामारीले हाल (लगभग दुई वर्षपछि) केही हदसम्म कम हुँदै गएको संकेत गर्दैछ । फलस्वरूप विश्वका अधिकांश देशले आफ्ना देश भ्रमण गर्न आउने विदेशी पर्यटकलाई क्वारेन्टाइन बस्नु नपर्ने, मास्क लगाउनु नपर्ने आदिबारे सूचना जारी गरेका छन् । त्यस्तै केही देशहरुले आफ्नो देशमा भ्रमण गर्न आउने पर्यटकको संख्या बढाउनका लागि अनेक कार्यजोना, योजना, नीति नियम र आफ्नो देश आउन चाहने विदेशी पर्यटकलाई खुकुला हुने खालका तत्कालीन एक्सन प्लानहरु पनि ल्याएको देखिन्छ । त्यसमा सबैभन्दा सजिलो रहेको छ, ‘अन अराईभल भिषा नीति ।’
जे होस्, सन् २०२३ को गत दुई महिनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या हेर्दा हाम्रो देश नेपालमा सन् २०२३ मा कम्तीमा नौ लाख वा साढे नौ लाख र बढीमा १० लाख ३०–४० हजार चानचुन विदेशी पर्यटक नेपाल भित्रिने देखिन्छ । हुन त सन् २०२२ मा जस्तै लगाताररूपमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटको संख्याले महिनैपिच्छे दोब्बर, तेब्बरले बढ्दै गएमा विदेशी पर्यटकको संख्याले एकै वर्षमा १९ लाख नाघ्न सक्छ । तर, हाम्रो देशमा विभिन्न कारणहरुले गर्दा त्यस्तो सम्भव देखिँदैन । त्यसैले सन् २०२३ मा हाम्रो देश नेपालमा बढीमा साढे नौ लाखदेखि १० लाख अथवा साढे १० लाखदेखि ११ छेउछाउ विदेशी पर्यटक आउलान् कि ? भनी अनुमान गर्न सकिन्छ ।
यूएनडब्लूटीओले प्रकाशन गरेको आफ्नो अध्ययन प्रतिवेदनमा जनाइएअनुसार सन् २०२२ मा सबैभन्दा धेरै विदेशी पर्यटक आगमन मध्य–पूर्वी देशहरुमा भएको थियो । स्मरणीय छ, सन् २०२२ मा मध्य–पूर्वी देशहरुमा ८३ प्रतिशतले विदेशी पर्यटकको आगमनदर वृद्धि भएको देखिन्छ भने, सन् २०२२ मा युरोप महदेशका देशहरुमा ८० प्रतिशतले विदेशी पर्यटकको आगमनदरमा वृद्धि भएको छ । त्यस्तै गरेर अफ्रिका महादेशका देशहरुमा ६५ प्रतिशतले विदेशी पर्यटक आगमनदरमा वृद्धि भएको छ भने एसिया तथा प्यासिफिक क्षेत्रका देशहरुमा चाहिँ सन् २०२२ मा केवल २३ प्रतिशतले मात्रै विदेशी पर्यटकको आमगनदरमा वृद्धि भएको देखिन्छ ।
जे होेस्, अब हामीले नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्यात्मक ब्यारोटिमरसँगै खर्चिलो पर्यटकको ब्यारोमिटर बढाउनुपर्ने टड्कारो आवश्यकता पनि रहेको देखिन्छ । अब हामीले के बुझ्नु जरुरी छ भने, सस्ता विदेशी पर्यटकको संख्या वार्षिकरूपमा २५ लाख, ३० लाख, ३५ लाख मात्र होइन, ४५ लाख ५० लाख, ५५ लाख, ६० लाख, ७० लाख, ८० लाख, ९० लाख मात्रै होइन एक करोड नै पुगे पनि त्यस्ता विदेशी पर्यटकबाट नेपाली पर्यटन क्षेत्रले आर्थिकरूपमा अपेक्षित फाइदा लिन सक्दैन । बरु उनीहरुले भाषा, भेषभूषा, धर्म, वातावरण र स्थानीयस्तरमा भएका कला, संस्कार, संस्कृति समाजलाई समेत नामेट पार्न भ्रष्ट गर्नमा सहयोगी भूमिका खेल्नेछन् ।
हुन पनि नेपालमा खर्चिलो विदेशी पर्यटकको ‘ब्यारोमिटर !’ बढाउन सके टुर गाइड, ट्रेकिङ गाईड, ट्रेकिङ भरिया र स्थानीयरूपमा होटल, लज, गेस्ट हाउस, होमस्टे सञ्चालन गर्ने साहुहरुको पनि आम्दानी बढ्ने थियो । हुन त सत्य ‘तीतो !’ हुन्छ भन्छन् । किनभने, अझै पनि कतिपय ट्रेकिङ रुटमा विदेशी पर्यटकलाई रात बिताएको (लजको पैसा नलिने वा गाइडलाई दिने) वा आधा मात्रै लिने गरेका छन् । यसरी विदेशी पर्यटकले खाना र नास्ता खाएको पैसा लिएर मात्रै पनि कतिपय पर्यटकीय क्षेत्रका होटल, लज, गेस्ट हाउस, होम स्टे सञ्चालन गर्ने साहूहरुको गाह्रैसँगले आफ्नो व्यवसाय धानेका छन् । पनि यो सबैको दोष विदेशी पर्यटकको मात्रै भने होइन है ?
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया