बैतेश्वरमा बोलेरो दुर्घटना हुँदा १९ जना घाइते
दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिका–६ नाम्दु डाँडागाउँमा बोलेरो दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । मंगलबार दिउँसो बैतेश्वरको वडा नम्बर–६ को वडा कार्यालयबाट मैनापोखरीतर्फ जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो ।
दुर्घटनामा सवार २५ जनामध्ये १९ जना घाइते भएको इलाका प्रहरी कार्यालय मैनापोखरीले जनाएको छ । घाइते १९ मध्ये छ जनाको शरीरमा गम्भीर चोट लागेकोले उपचारका लागि काठमाडौं पठाइएको छ । उनीहरूको बैतेश्वर अस्पताल र दहाल मेडिकल सेन्टरमा प्राथमिक उपचारपछि काठमाडौं पठाइएको हो ।
गम्भीर घाइते हुनेहरूमा बैतेश्वर–२ का सुनकुमार तामाङ, वडा–३ का शम्भु दाहाल, गाडी चालक लिलाबहादुर दाहाल, बैतेश्वर– ६ का कौशल नेपाली, सुनिता नेपाली, टुल्के नेपाली र रबिना नेपाली रहेका छन् । यस्तै सामान्य घाइते भएका १३ जना भने बैतेश्वर अस्पताल र दाहाल मेडिकल सेन्टरमा उपचार सकेर घर फर्किएका छन् ।
गम्भीर घाइतेहरूको धेरैजसोको टाउकोमा गम्भीर चोट लागेको छ । यस्तै हात र शरीरका विभिन्न हड्डी भाँचिएको इलाका प्रहरी कार्यालय मैनापोखरीका प्रहरी इन्चार्ज विर बहादुर कार्कीले जानकारी दिए । बोलेरो ओभर लोडका कारण चरीकोट–जिरी सडकखण्डको डाँडा गाउँ घुम्तीमा मोड्ने क्रममा पल्टिएको हो ।
क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
- कपिलवस्तुमा पाटेबाघको छालासहित एक व्यत्ति पक्राउ
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया