एभरेस्ट अस्पतालले निःशुल्क शिविर आयोजना गर्ने
काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा बुधबार एभरेस्ट अस्पतालले महिला रोगसम्बन्धी निःशुल्क ओपीडी शिविर आयोजना गर्ने भएको छ । शिविरमा विशेषज्ञ चिकित्सकहरूले चेकजाँच तथा परामर्श दिनेछन् ।
बिरामीलाई थप उपचार आवश्यक परेमा अस्पताल शुल्कमा ३५ प्रतिशत छुट हुने अस्पतालका प्रमुख कार्यकारी प्रशासक दीपकचन्द्र बरालले बताए । यो शिविर बुधबार दिउँसो २ बजेदेखि ५ बजेसम्म एभरेस्ट अस्पतालमा आयोजना हुनेछ । शिविरका लागि बुधबारभित्र नाम टिपाउनुपर्नेछ । नाम टिपाएर पनि बुधबार उपस्थित हुन नसक्नेहरूले एक सातासम्म कुनै पनि दिन अस्पताल आएर परामर्श लिन सक्नेछन् ।
‘घरेलु काममा महिलाहरू अत्यधिक सक्रिय रहने गरेका छन् । त्यससँगै अहिलेको समयमा उनीहरू कार्यालयको काममा समेत व्यस्त हुन्छन्’, बरालले भने, ‘दोहोरो चापका कारण महिलाहरूमा विभिन्न समस्याहरू देखिने गरेको छ । समस्या लुकाएर बस्न हुँदैन र त्यसको निदान तथा उपचारको बाटो खोज्नुपर्छ भन्ने सन्देश महिला दिवसको अवसर पारेर दिनका लागि हामीले यो क्याम्प आयोजना गरेका हौँ ।’
एभरेस्ट अस्पतालले यसअघि पनि विभिन्न समयमा स्वास्थ्यशिविरहरू आयोजना गर्दै आएको छ । केही समय अघिमात्रै अस्पतालले प्रोस्टेट तथा पिसाबको समस्याबाट ग्रसित बिरामीहरूका लागि निःशुल्क शिविर राखेको थियो । युरोलोजिस्जिट डा. सुनिललाल श्रेष्ठ नेतृत्वको टोलीले त्यतिबेला बिरामीहरूको चेकजाँच गरेको थियो ।
लगत्तै अस्पतालले मानसिक स्वास्थ्यसम्बन्धी शिविर राखेको थियो । यसमा डा. प्रेरणा झा नेतृत्वको टोलीले बिरामीहरूको चेकजाँच गरेको थियो । शिविरका दौरान बिरामीहरूलाई केही समयका लागि पुग्ने औषधि समेत वितरण गरिएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया