Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया बैंकद्वारा दुर्घटना बीमाबापत १० लाख हस्तान्तरण

एनआईसी एसिया बैंकद्वारा दुर्घटना बीमाबापत १० लाख हस्तान्तरण


काठमाडौं । एनआईसी एसिया बैंकले दुर्घटनामा परी ज्यान गुमाउनु भएका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमाबापतको १० लाख रुपैयाँ उपलब्ध गराएको छ । बैंकमा सर्वश्रेष्ठ बचत खाता खोलेका रूपन्देही जिल्लास्थित शुद्धोधन गाउँपालिकामा स्थायी घर भएका मृतक खरालको खातामा उपलब्ध दुर्घटना बीमावापतको रकम उनकी श्रीमती लक्ष्मी बस्याललाई यस बैंकका लुम्बिनी प्रदेश प्रमुख तिलक सुन्दर कार्कीले १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

बैंकले हालसम्म दुई हजार ७९ जना ग्राहकहरूलाई बीमा दाबी गरेबापतको सात करोड ८८ लाख रुपैयाँभन्दा बढी रकम प्रदान गरिसकेको छ । जसमध्ये घातक रोग बीमाबापत २७ जनाले दुई करोड ९० लाख, दुर्घटना बीमाबापत १३ जनाले एक करोड ३० लाख र मेडिकल बीमाबापत दुई हजार ३९ जनाले तीन करोड ६७ लाख रुपैयाँ बीमा रकम प्राप्त गरिसकेका छन् । बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरूलाई ८४ लाख रुपैयाँबराबरको बीमा सुविधा उपलब्ध गराएको छ ।

जसअन्तर्गत ४० लाख रुपैयाँको दुर्घटना बीमा, ४० लाख रुपैयाँको घातक रोग बीमा र चार लाख रुपैयाँसम्मको औषधि उपचार बीमा प्राप्त गर्नुहुन्छ । औषधि उपचार बीमामध्ये अस्पताल भर्ना हुने बिरामीले तीन लाख २० हजार रुपैयाँसम्म र ओपीडी उपचारको लागि ८० हजार रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् ।

एनआईसी एसिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएको बैंकहरूमध्येको बैंक हो । बैंकले मुलुकभर तीन सय ५९ वटा शाखा कार्यालयहरू, चार सय ७३ वटा एटीएम, एक सय छवटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन बैंक सफल भएको छ ।

देशको अर्थतन्त्रको सबलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु-याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा तीन अर्ब ४१ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रूपमा स्थापित हुन बैंक सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटौँ ठूलो योगदान रहेको कम्पनीहरूमध्येको हो ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6


तपाईको प्रतिक्रिया