मालिक इलोन मस्कलाई जब कर्मचारीले ट्विटरमा सोधे–
के मलाई जागिरबाट निकालिएको हो ?
अमेरिका । एक जना ट्विटरका कर्मचारीले मालिक इलोन मस्कसँग ट्विटरमै आफूलाई जागिरबाट निकालिएको बारे सोधेका छन् । एक ट्विटमार्फत ट्विटरका प्रमुख कार्यकारी मस्कलाई हल्ली थर्लिफसनले भने, ‘तपाईंको एचआर प्रमुखले म जागिरमा रहे/नरहेको बताउन सकेनन् ।’त्यसपछि मस्कले रिप्लाई गर्दै उनलाई सोधेका छन्, ‘तपाईं के काम गरिरहनुभएको छ र ?’थर्लिफसनले बीबीसीसँग ट्विटर एकाउन्ट फ्रिज भएको नौ दिनसम्म पनि आफूले जागिरमा भए नभएको थाहा नपाएको बताए ।
शृंखलाबद्ध रुपमा मस्कसँग उनको प्रश्नोत्तरी ट्विटरमा चलेको देखिएको छ, मानौँ कि कुनै कम्पनीमा कामका लागि उनी अन्तर्वार्ता दिइरहेका छन् । त्यसपछि मात्र आफूले जागिरबाट निकालिएको इमेल प्राप्त गरेको बताए । यद्यपि यसबारे ट्विटरले केही नबताएको बीबीसीले जनाएको छ । थर्लिफसन ट्विटरको डिजाइन प्रडक्टमा वरिष्ठ निर्देशक रहेका थिए । ४५ वर्षीय उनले जागिरबाट निकालिँदा आश्चर्य र एकदमै दबाबपूर्ण भएको बताए ।
‘आइतबार बिहान मैले मेरो कम्प्युटर खोलेको थिएँ । तर स्क्रिन खैरो र लक थियो । यसको मतलब मलाई मेरो ट्विटर एकाउन्टबाट विच्छेद गरिएको पाएँ’, उनले भने । त्यसको केही दिनपछि उनले मस्क, एचआर प्रमुखसम्म आफ्नो अवस्थाबारे बुझ्न कोशिस गरेका थिए । ‘एचआर प्रमुखले मलाई त्यसयता दुईपटक इमेल गर्नुभयो र मेरो जागिर रहे नरहेको प्रश्नको उत्तर नै दिन सक्नुभएन’, उनले भने । त्यसपछि दिक्क भएका उनले ट्विटरमा सिधै मस्कलाई यसबारे सोधेपछि उक्त वार्तालाप सुरु भएको थियो ।
त्योसँगै मानवस्रोत विभाग (एचआर)ले उनलाई सम्पर्क गरी जागिर अब नरहेको बताएको थियो । मस्कले ट्विटरमा उल्टै उनलाई ट्विटरमा कुनै काम नगरेको दाबी गरेका थिए । थर्लिफसन आइसल्यान्डका उद्यमी थिए । उनको यूइनो नामक कम्पनी थियो । जुन उनले सन् २०२१ को सुरुतिर ट्विटरलाई बेचेका थिए । त्यसअघि सन् २०१४ मा उनले रिकजाभिक नामक कम्पनी स्थापना गरेका थिए ।
ट्विटरसँगको व्यावसायिक सम्झौताका क्रममा उनलाई ट्विटरको पूर्णकालीन कर्मचारी बनाउने कुरा थियो । मस्कले ट्विटर किनेपछि उक्त सम्झौता उनले नमान्नसक्ने डर उनलाई थियो । जे डर थियो त्यही भयो । उनी ट्विटरबाट अलग्गिनुपरेको छ । यसलाई उनी निकै दबाबपूर्ण भन्छन् । ट्विटरले पछिल्लो महिनामात्र थप दुई सय कर्मचारी निकालेका थिए । अहिले ट्विटरका दुई हजार कर्मचारी मात्र रहेका छन् । अक्टोबरसम्म सात हजार पाँच सय कर्मचारी रहेकामा घटेर निकै थोरै संख्यामा सीमित भइसकेको छ । बीबीसीबाट
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
- बाँसझ्याङमा सात क्विन्टल लसुन भेटियो
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया