समयमै काम नगर्ने ठेकेदारलाई कारबाहीको तयारी
विराटनगर । कोसी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले समयमै काम सम्पत्र नगर्ने निर्माण व्यवसायीको ठेक्काको समयावधि थप नगर्ने भएको छ । मन्त्रालयले पटक–पटक म्याद थप गरेर काम गर्ने अवसर दिँदा पनि विभिन्न बाहना गरेर तीन आर्थिक वर्षमा ३० प्रतिशतसम्म पनि काम नगर्ने ठेकेदारलाई सो चेतावनी दिएको हो ।
काम ढिला गर्ने २५ भन्दा बढी निर्माण कम्पनीका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर मन्त्री दुर्गाप्रसाद चापागाईंले पुँजीगत खर्च बढाउन र रोकिएका काम सम्पन्न गर्न आग्रह गरे । उनले मन्त्रालयको तर्फबाट गर्नुपर्ने काम तत्कालै गरिने तर निर्माण कम्पनीले पनि सोही अनुसारको काममा तीव्रता बढाउनुपर्छ राससलाई भने । उनले भने,“काम गर्ने जिम्मा तपाईँहरुको हो । निर्माण कम्पनीको समस्या हामीले पनि बुझेका छौँ । तर, सम्झौताअनुसार काम गर्ने त फेरि पनि तपाईँहरुकै हो । मन्त्री भएर मन्त्रिपरिषद् बैठकमा ठेकेदारको निर्माण अवधि बढाउन भन्दै फाइल बोकेर म जान्न ।”
सचिव मोहनराज चापागाईंले विभिन्न बाहनामा काम रोक्न नहुनेमा जोड दिए । उनले भने, “मैले अघिल्लो आर्थिक वर्षमा १०० भन्दा बढी आयोजनाको समयावधि थप गरे । अहिले भने केही फायल रोकिएको छ । म्याद थप्नुपर्ने कारण के हो ? जहिले पनि कोभिड ? पानी प¥यो भनेको छ । यो त जहिल्यै आउने कुरा हो नि ।”
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया