Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्व बैंक प्रमुखमा अमेरिकी नियुक्ति प्रस्तावलाई रुसले चुनौती दिने

विश्व बैंक प्रमुखमा अमेरिकी नियुक्ति प्रस्तावलाई रुसले चुनौती दिने


मस्को । सले विश्व बैंकको रिक्त प्रमुख पदमा अमेरिकाले गरेको नियुक्तिको प्रस्तावित व्यक्तिलाई चुनौती दिनसक्ने देखिएको छ । रुसले विश्व बैंकका प्रस्तावित उम्मेदवारविरुद्ध उभिन आफ्ना समर्थक राष्ट्रसँग छलफल गरिरहेको सीएनएनले जनाएको छ ।

मस्कोका विश्व बैंक एक प्रतिनिधि उच्च अधिकारीलाई उद्धृत गर्दै जनाइएअनुसार यसले सजिलै विश्व बैंकको प्रमुख चुनिने सम्भावना जटिल हुने देखिएको छ । रुस विश्व बैंकको मतदाता सदस्य हो । यद्यपि विश्व बैंकले रुस र बेलारुसमा मार्चको अन्तिमदेखि आफ्ना सबै कार्यक्रम रद्द गरेको छ । उसले युक्रेनी जनतालाई युद्धमा होमेको आरोप लगाउँदै सबै कार्यक्रम रद्द गरेको हो ।

विश्व बैंकमा रुस र सिरियाका प्रतिनिधि कार्यकारी निर्देशक रोमन मार्शविन रहेका छन् । उनले सम्भावित नियुक्तिका लागि उपयुक्त उम्मेदवारको खोजी भइरहेको रोयटर्सलाई बताएका छन् । यद्यपि कुनै विस्तृत जानकारी उनले दिएका छैनन् । यसको निर्णय रुसी राजधानी मस्कोमा नै हुनेछ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत महिना मास्टरकार्डका पूर्वप्रमुख कार्यकारी अधिकृत अजय बांगालाई नियुक्ति गर्ने प्रस्ताव गरिसकेका छन् । उनले नै हालका डेभिड माल्पासको थान लिने अनुमानका बीच रुसले त्यसविरुद्ध अन्य व्यक्ति अघि सार्नलागेको हो ।

रुसी समाचार संस्था तासले पनि रुसी उम्मेदवारीबारे बताइसकेको छ । यता अमेरिकाले प्रस्ताव गरेका बांगाले आफूले यसअघि नै भारत, घाना र केन्याबाट समर्थन पाइसकेको बताएका छन् । उनले फ्रान्स र जर्मनीबाट पनि समर्थनको प्रतिबद्धता पाएको दाबी गरेका छन् । मंगलबार मात्रै बंगलादेशले उनलाई समर्थन गर्ने जनाइसकेको छ । मार्च २९ सम्म उक्त पदका लागि उम्मेदवारी मनोनयन लिइनेछ । दोस्रो विश्वयुद्धको समाप्तिपछि स्थापना भएको विश्व बैंकमा बहुमत सेयर अमेरिकाको छ भने उसले नै यसअघि नेतृत्व लिँदै आएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया