चीनका प्रख्यात अर्थशास्त्री तथा शिक्षाविद् लीको निधन
बेइजिङ । प्रसिद्ध चिनियाँ अर्थशास्त्री तथा शिक्षाविद्, ली यिनिङको ९२ वर्षको उमेरमा फेब्रुअरी २७ मा बेइजिङमा निधन भएको छ ।
चिनियाँ प्रजातान्त्रिक समूहका पूर्ववरिष्ठ नेता तथा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का वरिष्ठ सदस्य ली राष्ट्रिय जनकांग्रेसको स्थायी समितिका पूर्वसदस्य थिए । उनले चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिको स्थायी समितिका सदस्यको रूपमा पनि सेवा गरेका थिए ।
ली चाइना डेमोक्रेटिक लिगका पूर्वउपाध्यक्ष, दर्शन शास्त्र र सामाजिक विज्ञानका वरिष्ठ प्राध्यापक तथा पेकिङ विश्वविद्यालयको गुआङ्हुआ स्कूल अफ म्यानेजमेन्टका मानार्थ डिन पनि थिए । गम्भीर बिरामी भएपछि र उनको निधनपछि सीपीसी केन्द्रीय समितिका नेताहरूले विभिन्न तरिकाबाट सहानुभूति र समवेदना व्यक्त गरेका छन् ।
सन् १९३० को नोभेम्बरमा पूर्वी चीनको जियाङ्सु प्रान्तको नानजिङमा जन्मिएका ली चीनको समाजवादी बजार अर्थतन्त्रका सिद्धान्तका प्रवर्तक र चीनको आर्थिक सुधारको सशक्त अभियन्ता पनि थिए ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- देशको आन्तरिक अर्थतन्त्र अझै सुस्त
- लक्ष्यअनुरूपको आर्थिक वृद्धिदर हासिल
- बालेनराजको अन्धसमर्थन
- माग पूरा नभए गाउँ–गाउँबाट वित्तीय संस्थालाई लखेट्ने चेतावनी
- शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
- देशका अधिकांश भागमा आज मौसम सफा रहने
- अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया