Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदोस्रो अर्थशास्त्री सम्मेलन हुने

दोस्रो अर्थशास्त्री सम्मेलन हुने


काठमाडौं । दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन राजधानीमा हुने भएको छ । आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान भन्ने नारा दिइएको यस सम्मेलन फागुन २६ र २७ गते आयोजना हुने भएकोे हो । विभिन्न संघ/संस्थाहरुसँगको सहकार्यमा राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले सम्मेलनको आयोजना गर्न लागेको बताइएको छ ।

अर्थतन्त्रका समसामयिक मुद्दाहरुमा बहस चलाई समाधानका उपायसहित सरकार, राजनैतिक दलहरु तथा नीतिनिर्माणमा संलग्न निकायहरुलाई कार्यान्वयनको लागि सुझाव दिने उद्देश्यका साथ दोस्रो अर्थशास्त्री सम्मेलन आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ । दुईदिने सम्मेलनलाई पहिलो दिन उद्घाटन सत्र र दोस्रो दिन प्राविधिक सत्र गरी विभाजन गरिएको आयोजक संस्थाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख अतिथि रहने पहिलो दिनको कार्यक्रम काठमाडौंको राष्ट्रिय सभागृहमा शुक्रबार दिउँसो २ बजे सुरु हुने र दोस्रो दिनको कार्यक्रम बिहान ७ बजेदेखि होटल एलो प्यागोडा जमलमा सुरु हुने समयतालिका छ । पहिलो दिनको उद्घाटन सत्रमा एउटा र प्राविधिक सत्रमा १५ वटा समसामयिक विषयहरुमा कार्यपत्रहरु प्रस्तुत हुने बताइएको छ ।

अर्थशास्त्री सम्मेलनमा प्रधानमन्त्रीका साथै पूर्वप्रधानमन्त्रीहरु, पूर्वअर्थमन्त्रीहरु, राजनीतिक पार्टीका प्रतिनिधिहरु, उद्योगी तथा व्यवसायीलगायत राष्ट्रिय अर्थतन्त्रमा सरोकार राख्ने विभिन्न तहका व्यक्तिहरुको उपस्थिति रहने बताइएको छ । पछिल्लो दशकमा बढ्दै गएको अनियन्त्रित आयातले राष्ट्रिय उद्योगलाई धराशायी बनाउँदै मुलुकलाई परनिर्भर र आर्थिकरुपमा थप अस्थिर बनाउँदै लगेको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट हुने लगानी पनि उत्पादनशील क्षेत्रमा परिचालन हुन सकिरहेको छैन । हाल बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्या तथा बढ्दो ब्याजदरले लगानीको वातावरण बन्न सकिरहेको छैन । यसै परिस्थितिलाई मध्यनजर गर्दै लगानीमैत्री वातावरण निर्माण, स्वदेशी उद्योगको प्रवद्र्धनमा र सूचना प्रविधि क्षेत्रमा टेवा पु¥याउन अर्थतन्त्रका विभिन्न विषयवस्तुहरुमाथि यस सम्मेलनमा छलफल गरिने जनाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया