Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसामुदायिक लघुवित्तको नाफा ३१ लाख रुपैयाँले ऋणात्मक

सामुदायिक लघुवित्तको नाफा ३१ लाख रुपैयाँले ऋणात्मक


काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ३१ लाख ७२ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा दुई करोड ५८ लाख सात हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १३ करोड २० लाख रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा ६१ करोड ३७ लाख ४१ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५१ करोड ३० लाख २७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार करोड २२ लाख २४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ३५ लाख ७२ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात नौ दशमलव शून्य चार प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले ५४ करोड १० लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४७ करोड ३५ लाख ६६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ करोड एक लाख ५९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २३ लाख सात हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ७० प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया