Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररिलायन्स फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम

रिलायन्स फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम


काठमाडौं । रिलायन्स फाइनान्स लि. पोखारा शाखाको आयोजनामा मादी गाउँपालिका वडा नं. ७ छाचोकमा आयोजित एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । मादीका स्थानीयवासीहरूलाई बैंकिङ कारोबार सम्बन्धमा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा करिब एक सय जना स्थानीय महिला, साना व्यवसायी तथा अन्य व्यक्तिको सहभागिता रहेको उक्त कार्यक्रममा बचत र खर्चको व्यवस्थापन, ऋण प्रक्रिया र उचित प्रयोग, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनुपर्ने सतर्कता सुरक्षित रेमिट्यान्स प्रणालीलगायतका विषयमा साक्षरता प्रदान गरेको थियो ।

थाक छाछोक इन्भेष्टमेन्ट समितिका सचिव एवं समाजसेवी बालकृष्ण गुरुङको सभापतित्वमा तथा मादी गापा वडा नं. ७ का वडा अध्यक्ष दुर्गा बहादुर गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको उक्त कार्यक्रमा फाइनान्सका जनसम्पर्क प्रबन्धक सुदिप सापकोटाले कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति दुर्गा बहादुर गुरुङले स्थानीयवासीहरूलाई वित्तीय सारक्षता गराइदिएकोमा रिलायन्स फाइनान्सलाई धन्यवाद दिनुको साथै आगामी दिनमा यस्ता कार्यक्रमहरू ग्रामीण क्षेत्रमा प्रथामिकतासाथ सञ्चालन गर्न आग्रह गरेका थिए । कार्यक्रमको सहजीकरण गर्दै पोखरा शाखाका प्रबन्धक प्रकाश पौडेलले सेवा, सुविधा, बचत गर्ने तरिका र लाभ, कर्जा प्रक्रिया, दैनिक जीवनमा बैंकको महत्वका साथै वित्तीय साक्षरता र वित्तीय जागरण, आर्थिक समृद्धिका लागि बैंकिङ सेवाको महत्व प्रस्ट पारेका थिए ।

वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक स्तर वृद्धिमा योगदान गर्नयस कार्यक्रमबाट सहयोग पुग्ने विश्वास गर्दै हालको वर्तमान आर्थिक परिप्रेक्षमा सबैलाई वित्तीय अनुशासनको पालना गर्न आग्रह गरेका थिए । कार्यक्रमका सभापति बालकृष्ण गुरुङले वित्तीय व्यवस्थापन, यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्नेबारे जानकारी दिए । स–सानो रकम बचत गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गरी आयआर्जनको स्रोत बढाउन सकिने तथा वित्तीय साक्षरताको अभावमा मानिसहरूले असुरक्षित आर्थिक कारोबार गर्न नपरोस्, बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिको पहुँच पुगोस्, डिजिटल कारोबारका बारेमा व्यक्तिहरू अभ्यस्त बनून्, आफ्नो व्यावसायिक योजनालाई फाइनान्सको सहायताले बढाउन सकियोस् र त्यसले व्यक्तिहरूको आर्थिक आर्जन बढाई उनीहरूको जीवनस्तर पनि बढाउन सकियोस् भन्ने उनको भनाइ थियो ।

देशकै अग्रण्ीा फाइनान्स कम्पनीको रूपमा स्थापित फाइनान्सले मुद्दती निक्षेपमा सर्वाधिक १२ दशमलव २० प्रतिशत र बचत निक्षेपमा अधिकतम १२ दशमलव २० प्रतिशतसहित आकर्षक ब्याजदरसहितका विभिन्न बचत खाताहरू समेत सञ्चालनमा ल्याएको छ । फाइनान्सले हाल देशका प्रमुख सहरहरूमा प्रधान कार्यालयसहित २२ वटा शाखाबाट सेवा प्रवाह गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया