Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्मार्ट च्वाइस टेक्नोलोजिज र हिमालयन बैंकबीच सम्झौता

स्मार्ट च्वाइस टेक्नोलोजिज र हिमालयन बैंकबीच सम्झौता


काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिप्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) तथा ‘क’ वर्गको वाणिज्य बैंक (हिमालयन बैंकबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।

थपिएको यस सेवाबाट मोबाइल बैंकिङ एप एचआई–एमबी प्रयोगकर्ताहरूले भाटभटेनी सुपरमार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटललगायत स्मार्ट क्यूआरमा आबद्ध भएका मर्चेन्टहरूमार्फत वस्तु तथा सेवाको भुक्तानी गर्दा सजिलै भुक्तानी गर्न सकिनेछ ।

यसैगरी हिमालयन बंैकका मर्चेन्टहरूले पनि स्मार्ट क्यूआरमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् । ईएमभी स्ट्यान्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीचमार्पmत कारोबारको भुक्तानी तथा फछ्र्यौट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ । विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्ट च्वाइस टेक्नोलोजिज र स्थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइ बनेको राष्ट्रिय वाणिज्य बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।

यस सम्झौतापश्चात् राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरूले एससीटी यूपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्नेछन् । साथै, एससीटी यूपीआई सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटीएम, पोस, इकमर्सजस्ता सेवा सजिलै लिन सक्नेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया