क्यान्सरका बिरामीलाई आर्थिक अभाव
झापा । गौरादह नगरपालिका वडा नं १ का क्यान्सर सङ्क्रमित नन्दलाल ताजपुरिया विपन्नताका कारण उपचार गर्न नसकेर घरमै थलिएका छन् ।
फोक्सोको क्यान्सरबाट सङ्क्रमित ताजपुरियाको सामान्य चिया दोकान थियो । रोग लागेपछि उनले पसल बन्द गर्नुपर्ने बाध्यताले आश्रित परिवारसमेत विचल्लीमा परेको छ । आर्थिक अभावकै कारण उपचारमा जान नसक्दा आफ्ना पतिको स्वास्थ्यावस्था दिनानुदिन नाजुक बनिरहेको उनकी पत्नी कुलोमाया ताजपुरियाले बताए । जाँच गर्ने आर्थिक अभावकै कारण उनको क्यान्सर कुन चरणमा छ भन्ने पनि थाहा हुन सकेको छैन ।
“बुढालाई रोग लाग्यो, पैसा नभएर औषधी उपचार गर्न सकेका छैनौँ”, उनले उपचारमा आर्थिक सहयोगको अपिल गर्दै भने, “ऋणमाथि ऋण छ । भात खानै मुस्किल परिसक्यो, औषधीकाका लागि कहाँबाट पैसा जुटाउनु ? ”घरमै थलिएका ताजपुरियाको अवस्था थप जटिल हुँदै गएको हुँदा उपचारमा सहयोग पु-याउन उनकी पत्नी कुलोमायाले दातासँग अपिल गरेका छन् ।
वडाध्यक्ष नगेन्द्र भण्डारीका अनुसार विराटनगरको नोबेल मेडिकल कलेजमा जाँच गर्दा ताजपुरियाको फोक्सोको क्यान्सर पत्ता लागेको थियो । खर्चकै अभावका कारण उनलाई क्यान्सर उपचारका लागि भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पताल लैजान नसकिएको हो । “उनको उपचार सुरु गर्न कम्तीमा चार पाँच लाख रुपैयाँ चाहिन्छ, हामी चन्दा सहयोग जुटाउने प्रयास गरिरहेका छौँ”, वडाध्यक्ष भण्डारीले भने, “जायजेथा केही नभएकाले उनको परिवारले खर्च जुटाउन सक्ने कुनै सम्भावना छैन ।”
ताजपुरिया परिवार निर्धन लघुवित्त वित्तीय संस्थाको सदस्य रहेको छ । आफ्ना सदस्यको स्वास्थ्योपचार गर्ने हैसियत नभएको देखेर निर्धन लघुवित्तले रु. १० हजार आर्थिक सहयोग प्रदान गरेको छ । निर्धन लघुवित्तको गौरादह शाखा प्रमुख विवश घिमिरेले ताजपुरियाको घरमै पुगेर सहयोग हस्तान्तरण गर्दै आफ्ना समूह सदस्यभित्र कुनै समस्या परेका खण्डमा सानो रकम सहयोग पु¥याउने संस्थाको उद्देश्य रहेको बताए ।
ताजपुरिया परिवारको उपचारका लागि खर्च गर्ने कुनै स्रोत नभएको जनाउँदै वडाध्यक्ष भण्डारीले दाता र सङ्घसंस्थाबाट चन्दा उठाउनुपर्ने अवस्था आएको बताए । त्यसका लागि आफूले पहल गरिरहेकोसमेत उनले जानकारी दिए । नगरपालिकाले ताजपुरियाको उपचारका लागि भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पताल लैजान एम्बुलेन्स दिने निर्णय गरेको छ ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया