Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदविश्वकप क्रिकेट लिग-टु पपुवा न्यूगिनीलाई हराउँदै नेपाल ५२ रनले विजयी

विश्वकप क्रिकेट लिग-टु पपुवा न्यूगिनीलाई हराउँदै नेपाल ५२ रनले विजयी


काठमाडौं,आइसिसी विश्वकप क्रिकेट लिग-२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा घरेलु मैदानमा नेपालले पपुवा न्यूगिनीलाई ५२ रनले पराजित गरेको छ । जितका लागि २९८ रनको विशाल लक्ष्य पाएको पपुवा न्यूगिनी सबै विकेट गुमाएर २४५ रनमा अल आउट भयो । नेपालका लागि सन्दिप लामिछाने ४ विकेट,दिपेन्द्र सिंह ऐरी २ र कुशल मल्लले १ विकेट लिए । पपुवा न्यूगिनीका लागि नर्मन भानुआ ६० रन,टोनी उरा ५० रन, असद वाला ४२ ,किप्लिन डोरिगा २६, र रिले हेकुरेले २० रन बनाएका थिए ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाउदै २९७ रनको योगफल बनायो । यो नेपालले एक दिवसीय खेलमा बनाएको हालसम्मकै उच्च स्कोर हो । नेपालले यसअघि २८७ रन बनाएको थियो ।

नेपालका सुरुआती व्याट्सम्यान आशिफ शेखले सर्वाधिक ११० रनको योगदान दिए । उनले ११० बल खेल्दै उनले दुई छक्का र १२ चौका प्रहार गरे । आशिफको यो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो एक दिवसीय शतक हो । आशिफ नेपालबाट एकदिवसीयमा शतक प्रहार गर्ने पाँचौ नम्बरका खेलाडी बने । यसअघि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले शतक प्रहार गरेका थिए ।

त्यस्तै आसिफले एकदिवसीय आफनो करिअरको एक हजार रनसमेत पूरा गरेका छन् । एक हजार रन पूरा गर्ने नेपालका उनी दोस्रो खेलाडी बने । यसअअघि नेपालका रोहित पौडेलले एकदिवसीयमा एक हजार रन पूरा गरेका थिए ।

आजको खेलमा सुरुआती अर्का व्याट्सम्यान कुशल भुर्तेलले ४५ रनको योगदान दिए । उनले ५६ बलमा ६ चौकासहित ४५ रन जोडे । आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ११० रनको शतकीय साझेदारी गरेका थिए ।

रोहित पौडेल ३९ बलमा २ चौका र १ छक्कासहित ३० रनमा क्याच आउट भए । त्यस्तै ज्ञानेन्द्र मल्लले ११ रन जोडे भने दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए । यसैगरी भिम सार्कीले ४४ रन, आरिफ शेखले १५, करण केसीले आठ, सन्दीप लामिछानेले सात, तथा सोमपाल कामीले चार रन जोडे । बलिङतर्फ पपुवा न्यूगिनीका सेमो कमिया एक्लैले पाँच विकेट लिए भने राइली हेकुरेले तीन विकेट र एलियो नाओले एक विकेट लिए ।


क्याटेगोरी : खेलकुद

तपाईको प्रतिक्रिया