काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पहिलो पटक राष्ट्रपति निर्वाचनको स्थलगत अनुगमन गरेको छ । बिहीबार सम्पन्न निर्वाचनमा आयोगका सदस्य मिहिर ठाकुरको नेतृत्वमा तीन सदस्य टोलीले अनुगमन गरेको हो ।
सदस्य ठाकुरले अनुगमनका क्रममा निर्वाचनमा मतदान प्रक्रिया सफलरुपमा सम्पन्न भएको राससलाई बताए । उनले भने, “निर्वाचनमा स्थलगत अवलोकन र अनुगमनका क्रममा निर्वाचनमा खटिएका निर्वाचन अधिकृत, मतदान अधिकृत, सुरक्षाकर्मी र पत्रकारसँग कुराकानी गरेका थियौँ । समग्रमा राम्रो वातावरणमा निर्वाचन सम्पन्न भएको पायौँ ।”
यसअघिका स्थानीय तह र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आयोगको टोलीले अनुगमन गर्दै आएको थियो । राष्ट्रपति निर्वाचनमा पहिलो पटक आयोगले अनुगमन गरेको हो । अनुगमनका क्रममा प्रदेशसभातर्फका सांसदहरुको गुनासो आएको अनुगमन टोलीका संयोजक ठाकुरले जानकारी दिए ।
उनले प्रदेशसभातर्फका सदस्यले मतदान गर्न काठमाडौँ धाउँदा खर्चसँगै जनताको काम ओझेलमा परेको गुनासो आएको बताए । “प्रदेशतर्फको सांसदहरुले प्रदेशमा नै मतदान गर्न पाउनुपर्ने माग गरेका छन् । राष्ट्रपतिलगत्तै उपराष्ट्रपतिको मतदानका लागि काठमाडौँ धाउनुपर्दा नागरिकको काम ओझेलमा परेको र स्वयं सदस्यलाई आर्थिक भार र समय बढी व्यतित भएको उहाँहरुको गुनासो छ”, उनले भने ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आज विश्वभर बाल दिवस मनाइँदै
- पक्राउ पुर्जी जारी भएका गाउँपालिकाका उपाध्यक्ष बराल सार्वजनिक कार्यक्रममा प्रहरी बेखबर
- एनपिएल: सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन
- शान्ति प्रक्रिया टुङ्ग्याएर नेपालबाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौँ: अध्यक्ष दाहाल
- दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालतमा पेस
- भारतसँग व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह
- मापदण्डविपरीत गरेका कर्मचारी सरुवा सच्याउन निर्देशन
- विष्णुमती कोरिडोरको टहरामा राखिएका ८२ पसल हटाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया