Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअख्तियारले सीसीटीभी फुटेज नै मगाएर कारबाही थालेका झलकरामलाई अध्यागमनको जिम्मा

अख्तियारले सीसीटीभी फुटेज नै मगाएर कारबाही थालेका झलकरामलाई अध्यागमनको जिम्मा


काठमाडौं । गत फागुन १६ गते सरकारले ७ सहसचिवको जिम्मेवारी हेरफेर गरेको थियो । गृह मन्त्रालयमातहत रहेका सहसचिवहरुको व्यवस्थापन गर्दा अध्यागमन विभागमा सहसचिव झलकराम अधिकारीलाई महानिर्देशक बनाइयो । केही दिनअघि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गृह मन्त्रालयमा सरुवा भएका उनी राजस्व अनुसन्धान विभागका महानिर्देशक थिए  ।

उनी राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा घुस असुलीमा कीर्तिमान रचेपछि अख्तियारको कारबाहीको निशानामा परेका थिए । उनको पछाडि अख्तियार यसरी लागेको थियो कि अधिकारीले जुन रेष्टुरेन्टमा खाजा खाए पनि अख्तियारले उक्त रेष्टुरेन्टसँग सीसीटीभी फुटेज नै मगाएर अध्ययन गरेको थियो ।

उनी विभागमै कार्यरत रहँदा राजदरबारको उत्तरी ढोकास्थित भिन्नोलिभा हस्पिटालिटी नामक रेष्टुरेन्टमा एक विवादास्पद रिचार्जकार्ड तस्करसँग डिल गर्दै गरेको सीसीटीभी फुटेज समेत अख्तियारले मगाएको थियो । तर, उक्त फुटेज मगाएपछि अख्तियारले केही कारबाही भने गरेको छैन ।

उक्त दिन अधिकारीले २६ हजार एक सय २३ रुपैयाँको खानपिन गरेको आर्थिक दैनिकलाई प्राप्त बिल भौचरमा देखिएको छ । उक्त बिल उनले आफूले तिरेका होइनन् । भिन्नोलिभा हस्पिलिटीका एक कर्मचारीका अनुसार उक्त बिलबापतको भुक्तानी दिपेन्द्र विष्टको बैंक एकाउन्टबाट प्राप्त भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया