Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइन्फिनिटी लघुवित्तको समूहप्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम

इन्फिनिटी लघुवित्तको समूहप्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम


काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय सुर्खेतमा समूहप्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम एक समारोहबीच भव्यताको साथ सञ्चालन गरेको छ । कार्यक्रम सुर्खेतस्थित होटल बुलबुलेको सभाहलमा एक सय ६१ जना समूहअध्यक्षहरूको समुपस्थितिमा सम्पन्न गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि असुली तथा जोखिम व्यवस्थापन विभागका विभागीय प्रमुख नयन देवकोटाले वित्तीय साक्षरता तथा आधुनिक डिजिटल प्रविधि तथा मोबाइल बैंकिङसँग सम्बन्धित विषयमा प्रशिक्षित गरको थिए । शाखामा भएका कुल एक सय ८२ वटा समूहमध्येबाट तीनवटा समूह पुरस्कृत भएको र उत्कृष्ट व्यवसायी सदस्य कमला दर्लामीलाई समेत सम्मान गरिएको कार्यक्रमका प्रमुख अतिथि देवकोटाले बताए ।

कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत तथा वित्तीय संस्थाको वर्तमान अवस्थाको बारेमा शाखाका शाखा प्रमुख विश्वेश्वर विष्टले स्पष्ट पारेका थिए । कार्यक्रममा वित्तीय संस्थाले हाल बजारमा देखिएका विविध समस्या समाधानको लागि सामूहिक सहयोग सामूहिक प्रयासको लागि समिति विष्णु कुमारी शाहीको अध्यतामा समेत गठन गरेको कार्यक्रम सञ्चालक लक्ष्मण शाहीले बताए । कार्यक्रममा मध्यपश्चिम विश्व विद्यालयका प्राध्यापक कमल बहादुर सिंहको समेत उपस्थिति रहेको थियो । साथै कार्यक्रम चन्द्रकली गौतमको सभावतित्वमा सञ्चालन भएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया