Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचिनियाँ राष्ट्रपतिमा सी जिन्पिङको ऐतिहासिक तेस्रो कार्यकाल सुरु

चिनियाँ राष्ट्रपतिमा सी जिन्पिङको ऐतिहासिक तेस्रो कार्यकाल सुरु


काठमाडौं, चिनियाँ नेता सी जिन्पिङले देशको ‘रबरस्ट्याम्प’ संसद्‌बाट ऐतिहासिक रूपमा राष्ट्रपतिमा आफ्नो तेस्रो कार्यकाल सुनिश्चित गरेका छन्।

यससँगै हुने शक्ति सञ्चयले ६९ वर्षीय सी कैयौँ पुस्तापछि चीनको सबैभन्दा प्रभावशाली नेता बनेका छन्।

चिनियाँ शासन प्रणालीमा राष्ट्रपतिको भूमिका धेरैजसो आलङ्कारिक रहने गरेको छ।
सीको शक्ति कम्युनिस्ट पार्टीको महासचिव र चिनियाँ सैन्य आयोगको अध्यक्षका रूपमा आउँछ।
अपेक्षित
राष्ट्रपतिमा तेस्रो कार्यकाल हुने कुरा व्यापक रूपमा अपेक्षित थियो। आउँदा दिनमा नयाँ प्रधानमन्त्री र कैयौँ मन्त्रीहरूको नियुक्ति अझ महत्त्वपूर्ण रूपमा हेरिएको छ।

नयाँ नियुक्ति पाउने सबैजना सी जिन्पिङका वफादार व्यक्तिहरू हुने ठानिएको छ। जसमा ली चियाङ सी जिन्पिङपछिका नेताका रूपमा रहने ठानिएको छ।

सरकारविरोधी प्रदर्शनहरू निम्त्याएको सीको शून्य कोभिड नीतिबाट चीन खुला हुँदै गर्दा उनले आफ्नो शासनलाई मजबुत पारेका हुन्।

माओपछिकै प्रभावशाली
टू सेसन्स भनिने न्याश्नल पीपल्स कङ्ग्रेस (एनपीसी) र चाइनिज पीपल्स पलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी) का यस साताका बैठकहरूले चीनमा आउँदा वर्षको लागि कस्तो बाटो देखाउने भन्ने झलक दिने भएकाले तिनलाई चासोपूर्वक हेरिएका छन्।

माओ त्सेतुङपछि चीनमा नेताहरू दुई कार्यकालसम्म पदमा रहने सीमा राखिएका थिए।सन् २०१८ मा उनले उक्त व्यवस्थालाई परिवर्तन गरेपछि उनी माओपछिको प्रभावशाली नेताका रूपमा देखिएका छन्।

चीनको ‘टू सेसन्स’: जान्नुपर्ने आधारभूत कुरा
बेइजिङमा हुने ‘द टू सेसन्स’ वार्षिक रूपमा आयोजना हुने चीनको विधायिकी निकाय र शीर्ष राजनीतिक परामर्शदाता निकायका बैठकहरू हुन् जसमा देशभरिबाट हजारौँको सङ्ख्यामा प्रतिनिधिहरू सहभागी हुन्छन्

न्याश्नल पीपल्स कङ्ग्रेस (एनपीसी) चीनमा संसद सरहको निकाय हो। सैद्धान्तिक रूपमा यो राज्यको सबैभन्दा शक्तिशाली निकाय हो। वास्तविकतामा भने यसले सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीका लागि ‘कठपुतली’का रूपमा काम गर्दै पहिल्यै निर्णय भइसकेका विषयमा महत्त्वपूर्ण कानुनहरू बनाउँछ

द चाइजिज पीपल्स पलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी) को भने कुनै वास्तविक विधायिकी शक्ति छैन। यसमा समाजका विभिन्न क्षेत्रका मानिसहरू सहभागी हुन्छन्।  नयाँ सामाजिक र आर्थिक विषयबारे जान्न त्यहाँ हुने बहसहरू महत्त्वपूर्ण हुन्छन्।(बीबीसी)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया