Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनिर्माण भएको छ महिनासम्म पनि डम्पिङ साइट प्रयोगविहीन

निर्माण भएको छ महिनासम्म पनि डम्पिङ साइट प्रयोगविहीन


बीरगञ्ज, चैत ७
छ महिनाअगाडि निर्माणकार्य सम्पन्न भएको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) प्रयोगविहीन भएको छ । एसियाली विकास बैंकको सहयोगमा मझौला सहर एकीकृत वातावरणीय सुधार आयोजनाअन्तर्गत सन् २०१६ अप्रिलमा सुरू भएको फोहर व्यवस्थापन केन्द्र (डम्पिङ साइट)को निर्माण चिनियाँ कम्पनी जेडईईसीले लिएको थियो । उक्त कम्पनीको नेपाल प्रतिनिधि पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रौनियारले डम्पिङ साइडको निर्माणकार्य छ महिनाअगाडि नै सकिएको जानकारी दिए ।

दुई वर्षमा निर्माणकार्य सम्पन्न हुनुपर्ने यो योजना डेढ वर्ष ढिलो भएको थियो । निर्माण सम्पन्न भए पनि प्रयोगमा भने अझै आउन सकेको छैन । फोहोर व्यवस्थापनको लागि मगाइएको तीनवटा सवारीसाधन भन्सारमा अड्किएको कारण प्रयोगमा नआएको बताइएको छ । करिब ४९ करोड रुपैयाँको लागतमा निर्माण भएको फोहोर व्यवस्थापन केन्द्रको लागि सात महिनाअगाडि तीनवटा यान्त्रिक उपकरण भारतबाट भित्र्याइएको थियो ।

रक्सौल कस्टमबाट सहज प्रवेश गरेको सो उपकरण नेपाल भन्सारले एजेन्टमार्फत नझिकाइएको भन्दै हालसम्म रोकिराखेको छ । भन्सार विभागबाट यसको छिनोफानो हुनपर्नेमा छ महिनासम्म टुङ्गो नलागेको छैन । फोहोर व्यवस्थापन केन्द्रको प्रयोगमा नआउँदा अहिले पनि वीरगञ्जबाट दैनिकरूपमा निस्किने फोहोर श्रीसिया खोलाको वरिपरि फाल्नेक्रम जारी छ । वीरगञ्ज महानगरबाट दैनिक ७० मेट्रिकटनको हाराहारीमा फोहोर संकलित हुन्छ । सो फोहोर ठाराब क्याम्पसको पछाडि र मितेरी पुलनजिक फालिँदै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x