Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकहरूले घटाए आयातनिर्यात कर्जा

बैंकहरूले घटाए आयातनिर्यात कर्जा


काठमाडौं, बैंक तथा फाइनान्स कम्पनीहरुले आयातनिर्यात अर्थात् ट्रष्ट रिसिट लोन घटाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुले आयातनिर्यात शीर्षकमा मात्र ७१ अर्ब ६९ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

बैंक तथा फाइनान्स कम्पनीहरुले आयातनिर्यात शीर्षकमा प्रवाह गरेको यो कर्जा गत आवको सोही अवधिको तुलनामा एक खर्ब चार अर्ब ८० करोड १० लाख रुपैयाँले बढी हो ।

राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरुले आयातनिर्यात शीर्षकमा मात्र कुल एक खर्ब ७६ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो छ महिनाको अवधिमा विकास बैंक र फाइनान्स कम्पनीहरुले आयातनिर्यात क्षेत्रमा प्रवाह गरेको कर्जा रकम शून्य रहेको छ ।

गत आवको सोही अवधिमा भने विकास बैंकहरुले आयातनिर्यात शीर्षकमा २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए भने फाइनान्स कम्पनीहरुले आयातनिर्यात शीर्षकमा प्रवाह गरेको कर्जा रकम शून्य रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया