Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयरबजार परिसूचक दुई हजार दुई दशमलव ७० विन्दुमा

सेयरबजार परिसूचक दुई हजार दुई दशमलव ७० विन्दुमा


काठमाडौं । यससाता सेयरबजार परिसूचक दुई हजार दुई दशमलव ७० विन्दुमा कायम रहेको छ । यसैगरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ७९ दशमलव ५० विन्दुमा सीमित हुन पुगेको छ ।

यससाता धितोपत्र बजारमा दुई सय ६२ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार ९३ हजार चार सय सात पटकको कारोबारमा एक करोड २४ लाख ५७ हजार छ सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम चार अर्ब १६ करोड २३ लाख २३ हजार एक सय आठ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै चार अर्ब रुपैयाँले कम हो ।

गतसाता भने धितोपत्र बजारमा दुई सय ६२ वटा कम्पनीहरूको सेयर कारोबार भएको थियो । जसअनुसार एक लाख ७१ हजार पाँच सय आठ पटकको कारोबारमा दुई करोड २९ लाख ६९ हजार आठ सय ९४ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम आठ अर्ब ४३ करोड १३ लाख ७१ हजार ७७ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष सातामा तीन कार्य दिन मात्र खुला रहेको थियो । जसमध्ये पहिलो दिन सेयर बजार परिसूचक ओरालो लागेपनि तेस्रो र पाँचौँ दिन भने उकालो लागेको थियो । दोस्रो र चौथो दिन भने सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो ।

जसमध्ये पहिलो दिन बजार परिसूचक ३० दशमलव ७७ अंकले ओरालो लागेर एक हजार नौ सय ३८ दशमलव २५ विन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ पनि चार दशमलव ८६ अंकले ओरालो लागेर तीन सय ६८ दशमलव ७० विन्दुमा झरेको थियो । दोस्रो दिन सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो । तेस्रो कारोबार दिन भने बजार परिसूचक १४ दशमलव ६१ अंकले उकालो लागेर एक हजार नौ सय ५२ दशमलव ६६ विन्दुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५३ उकालो लागेर तीन सय ७० दशमलव २४ विन्दुमा चढेको थियो । चौथो दिन पनि सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो । पाँचौँ कारोबार दिन भने बजार परिसूचक ५० दशमलव शून्य चार अंकले उकालो लागेर दुई हजार दुई दशमलव ७० विन्दुुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव २७ अंकले उकालो लागेर तीन सय ७९ दशमलव ५० विन्दुमा चढेको थियो ।

यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा हिमालयन डिष्ट्रिलरी प्राली, शिवम् सिमेन्ट, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यससाता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया