Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबेरोजगारी ५ प्रतिशत बढ्यो

बेरोजगारी ५ प्रतिशत बढ्यो


ओटाव । क्यानडाले फेब्रुअरीमा २२ हजार नयाँ रोजगारीका अवसर सिर्जना गरेको जनाएको छ । त्यहाँ बेरोजगारी दर पाँच प्रतिशतको न्यून रेकर्डबाट बढ्न नदिन सफल भएको राष्ट्रिय तथ्यांक एजेन्सीले बताएको छ ।

डिसेम्बर र जनवरीमा दुई ठूलो आकारको आर्थिक वृद्धिपछि रोजगारीमा सामान्य वृद्धि व्यापक रूपमा अपेक्षित थियो र पछिल्लो छ महिनामा अर्थात् फेब्रुअरीसम्ममा समग्र १.८ प्रतिशत (करिब तीन लाख ४८ हजार रोजगारी) का अवसर सिर्जना गरेको छ ।

यसैबीच, बेरोजगारी दर गत जुन र जुलाईमा देखिएको ४.९ प्रतिशतको उच्च रेकर्डभन्दा डिसेम्बरमा झरेको छ । क्यानाडेली तथ्यांक कार्यालयका अनुसार फेब्रुअरीमा स्वास्थ्य सेवा र सामाजिक सहायता १५ हजार, सार्वजनिक प्रशासन १० हजार र उपभोग्य सेवामा सात हजार पाँच सय रोजगारी बढेको छ ।

यो अवधिमा मानिसहरूले व्यवसाय, भवन र अन्य समर्थन सेवा क्षेत्रहरूमा नयाँ रोजगारीका न्यून अवसर पाएका छन् । विशेष गरी, ५५ देखि ६४ वर्ष उमेर समूहका क्यानाडेलीको रोजगारीमा ठूलो वृद्धि देखिएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया