जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जापान सरकारलाई भरतपुर भ्रमण वर्ष २०२४ को निम्तो दिएकी छिन् ।
भरतपुर महानगरपालिका र जापानको योकोसुका सहरबीच भगिनीसम्बन्ध स्थापना कार्यक्रमसहित सप्ताहव्यापी जापान भ्रमणमा रहेकी प्रमुख दाहालले यो अभियानमा सहभागी हुन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), जापानमार्फत जापान सरकारलाई निम्तो दिएकी हुन् ।
राससका अनुसार एनआरएनए जापानले आयोजना गरेको कार्यक्रममा भरतपुर भ्रमण वर्षबारे प्रमुख दाहालले प्रकाश पारेकी थिइन् । महानगरका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीका अनुसार दाहालले “संरक्षणका लागि पर्यटन, पर्यटनको लागि भरतपुर” भन्ने नाराका साथ भ्रमण वर्ष आयोजना गरिएको बताएका थिए ।
कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापान र अन्य राष्ट्रमा रहेका नेपाली र गैर नेपालीलाई सहभागीता तथा पर्यटकलाई भ्रमण वर्षको प्रवर्द्धन गर्न प्रमुख दाहालले आह्वान गरिन् ।
भरतपुर महानगरपालिका अनुपम प्राकृतिक सौन्दर्यले सम्पन्न, ऐतिहासिक, धार्मिक एवम् सांस्कृतिक सम्पदाले भरिपूर्णमध्य नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्य रहेको बताउँदै उनले अभियानलाई सफल बनाउन आवश्यक प्रचारप्रसार, समन्वय र सहकार्य गर्न उनले अपिलसमेत गरिन् ।
महानगरपालिकासँगै चितवन राष्ट्रिय निकुञ्ज, सामुदायिक वन, ताल, नदी, सूर्योदय, सूर्यास्त, पहाड, हिमशृङ्खलाको दृश्यावलोकन जस्ता प्राकृतिक आकर्षण तथा सङ्ग्रहालय, पार्क, धार्मिकस्थल रहेको चर्चा गर्दै उनले पर्यापर्यटन, खेल पर्यटन, स्वास्थ्य पर्यटन, कृषि पर्यटन, सभा–सम्मेलन पर्यटन आदिको विकास भइरहेको बताइन् ।
भरतपुर भ्रमण वर्ष २०२४ मा दुई लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । कार्यक्रममा जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, नेपाल सरकारका विभिन्न मन्त्रालयका कर्मचारी र नेपालका अन्य स्थानीय तहका प्रमुख तथा राजनीतिक प्रतिनिधिसँग भ्रमण वर्षलाई सफल बनाउनेबारे छलफल गरिएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकाल, वाईसिएल नेपालका ईन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’, नेकपा माओवादी केन्द्रका वैकल्पिक सदस्य अर्जुन पाठकको उपस्थिति रहेको अधिकारीले जानकारी दिए ।
क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश
ताजा अपडेट
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
- कपिलवस्तुमा पाटेबाघको छालासहित एक व्यत्ति पक्राउ
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
- सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया