मोरङ । नेपाली सेनाले विराट राजा प्राचीन दरबार सङ्ग्रहालय निर्माण गरी विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । नेपाली सेनाका पृतनापति उपरथि डा. आशबहादुर तामाङले आइतबार विराटनगरपालिकाका प्रमुख नागेश कोइरालालाई सङ्ग्रहालयको साँचो हस्तान्तरण गरेका हुन् ।
नेपाली सेनाको भैरव गण मोरङले विराटनगर–१८ भेडियारीस्थित ‘विराट राजा प्राचीन दरबार सङ्ग्रहालय’ निर्माण गरी आइतबार हस्तान्तरण गरेको हो । ऐतिहासिक सम्पदालाई संरक्षण, सम्वर्द्धन गर्ने उद्देश्यले रू. १९ लाख ७६ हजारको लागत तथा सैनिकहरुको श्रमदानमा सङ्ग्रहालय निर्माण गरेको हो । कुल एक कठ्ठा क्षेत्रफलमा वि.सं. २०७९ कात्तिक २१ देखि सुरु भएको निर्माण चार महिनामा पूरा भएको हो ।
सङ्ग्रहालयमा विराट राजाको समयमा प्रयोगमा ल्याइएका विभिन्न भाँडाकुडा, सामग्री एवं मुद्रा राखिएका छन् । महाभारत कालमा आठ बिघा तीन कठ्ठा १७ धुर क्षेत्रफल जग्गामा फैलिएको यो क्षेत्र राजा विराटको राजधानी तथा मत्सेय देशको नामले चिनिने गरेको पाइएको किबदन्ती छ ।
राससका अनुसार पाँच पाण्डव र उनीहरुको श्रीमती द्रौपदी गुप्तबासको समयमा नाम परिवर्तन गरी विराट राजाको दरबारमा लुकेर बसेको भनाइ छ । उक्त क्षेत्रलाई विभिन्न कालखण्डमा संरक्षण गर्दै आइरहेको छ ।
वि.सं. २०२७ सालमा पुरातत्व विभागले यस स्थानमा उत्खनन गरी प्राचीनकालमा प्रचलनमा रहेको पञ्चमार्क नामक चाँदीको मुद्रा ४० बटा भेट्याएको थियो । त्यसपछि यो क्षेत्र प्राचीन महाभारतकालमा विराट राज्यको राजदरबार भएको तथ्य पत्ता लागेको थियो ।
दरबार क्षेत्रमा सङ्ग्रहालय भवन निर्माण गर्नाले जिल्लाको धार्मिक महत्व वृद्धि गरी धार्मिक पर्यटन आगमनमा समेत सहयोग पु-याउने अपेक्षा गरिएको छ । नेपाली सेनाका पूर्वी पृतनापति उपरथी डा. आशबहादुर तामाङले सङ्ग्रहालको आज आइतबार उद्घाटन गर्दै यस ऐतिहासिक सङ्ग्रहालय स्थानीय जनताको सम्पत्ति भएको यसको संरक्षण सम्वर्द्धन गर्नुपर्नेमा जोड दिए ।
उनले नेपाली सेनाले सामाजिक उत्तरीयदायित्व अन्तर्गत निर्माण गरेको यसको सुरक्षा गर्न स्थानीय समक्ष आग्रह गर्दै इतिहास हाम्रो पौरख भएकोले यसप्रति गर्व गर्नुपर्नेमा जोड दिए । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले दरबार क्षेत्रमा रहेको एक बिघा १० धुर जग्गाको संरक्षण गरी धार्मिक र सांस्कृतिक पर्यटकलाई आकर्षित गर्ने जानकारी दिए ।
सांसद अमृत अर्याल, मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, महानगरका उपप्रमुख शिल्पा निराला कार्की, भैरव गणका गणपति अमृतबहादुर थापामगर, वडा नं. १८ का अध्यक्ष जीतेन्द्रकुमार साह र दरबार खोज तथा संरक्षण समितिका कमलकिशोर यादवले दरबार क्षेत्रको वृहत्तर विकासका लागि तीन तहको सरकारले लगानी गर्नुपर्ने सुझाव दिए।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
- उपनिर्वाचनमा बालबालिकाको प्रयोग नगर्न जिसपको आग्रह
- जी–२० नेताहरूद्वारा प्रमुख चुनौती र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान
- युक्रेनले पहिलो पटक रसियामा अमेरिकी मिसाइल प्रहार गर्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया