मेगा बैंकद्वारा धरानमा महिला उद्यमीलाई प्रशिक्षण
काठमाडौं, चैत ७
मेगा बैंक नेपाल लिमिटेडले धरानमा महिला उद्यमीहरूलाई वित्तीय साक्षरता तथा ब्याज अनुदान महिला उद्यमशिल कर्जासम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ । साना तथा मझौला उद्यमी महासंघसँग आबद्ध महिला उद्यमीहरूलाई बैंकले सुनसरीको धरानमा वित्तीय साक्षरता तथा ब्याज अनुदान महिला उद्यमशील कर्जाका बारेमा प्रशिक्षण कार्यक्रम गरेको हो । सामाजिक संस्थागत उत्तरदायित्वअन्तरर्गत बैंकले आयोजना गरेको कार्यक्रममा महिला उद्यमीहरूलाई बचत, बैंकिङ कर्जा, व्यावसायिक सफलतामा बैंकको महत्वका साथै मेगा बैंकले प्रदान गर्दै आएका विभिन्न सेवा सुविधाका बारेमा माइक्रो बैंकिङ विभागका प्रमुख पुण्य खनिया, मेगा बैंक प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपाने, मेगा बैंक धरान शाखाका प्रबन्धक सविन श्रेष्ठलगायतले प्रशिक्षण दिएका थिए ।
यसैगरी, मेगाले विशेष प्राथमिकता दिएको ब्याज अनुदान महिला उद्यमशील कर्जाका बारेमा महिला उद्यमीहरूले निकै चासो लिएका थिए । महिला उद्यमीहरूलाई अत्यन्तै आकर्षक रहेको यो कर्जामा सेवा शुल्क मिनाहा गरिएको छ भने छ प्रतिशत ब्याज अनुदानको व्यवस्था गरिएको छ । यसैगरी, आधार दरमा थप दुुई प्रतिशत मात्रै ब्याज तिरे पुग्ने हुँदा महिला उद्यमीहरू यस कर्जाप्रति आकर्षित भएका मेगा बैंकका माइक्रो बैंकिङ प्रमुख खनियाले बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा छुट
- गरिमा क्यापिटलद्वारा बम्पर दशैँ योजना
- साहस ऊर्जाले लाभांश वितरण गर्ने
- खुम्चियो आत्मनिर्भर लघुवित्तको खुद नाफा
- महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच सम्झौता
- एनएमबीका दुई म्युचुअल फन्डको लाभांश घोषणा
- सर्पोट लघुवित्तको खुद मुनाफामा उच्च वृद्धि
- मनसुनी वायुको प्रभाव देशभर कायम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया