एसिया प्यासिफिक एडभान्स नेटवर्क (एपान)को ५५औँ सम्मेलन काठमाडौंमा
काठमाडौं । एसिया प्यासिफिक एडभान्स नेटवकर्क(एपान)को ५५औँ सम्मेलन काठमाडौंमा हुने भएको छ । आज सोमबारबाट सुरु हुने उक्त सम्मेलन पाँच दिनसम्म चल्ने आयोजक नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कले जनाएको छ । सम्मेलनको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गर्नेछिन् ।
सम्मेलन नेपालमा पहिलोपटक आयोजना हुनलागेको हो । सो सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका १७ देशका प्रतिनिधिहरु सहभागी हुनेछन् । उक्त सम्मेलनको मुख्य संयोजन नेपालका सूचना प्रविधिसम्बन्धी संस्थाहरुको सहयोग र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क (एनरेन)ले गर्ने जनाइएको छ । पाँच दिनसम्म सञ्चालन हुने यस सम्मेलनको अवधिभर ५५ भन्दा बढी सेसनहरु सञ्चालन हुनेछन् । साथै एक सय ७५ भन्दा बढी प्रतिनिधिले शिक्षा, सूचना प्रविधि, वैज्ञानिक अनुसन्धानलगायतका विभिन्न क्षेत्रहरुमा केन्द्रित रही प्रस्तुति दिने बताइएको छ । साथै नेपालको तर्फबाट जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव र यसको न्यूनीकरणको लागि सूचना प्रविधि र वैज्ञानिक अनुसन्धानको भूमिका सम्बन्धमा जलवायु परिवर्तन विज्ञ तथा नेपाली पर्वतारोही समेतको प्रस्तुति रहने कार्यक्रम तय भएको छ ।
यस्तै यस सम्मेलनले देशमा वैज्ञानिक अनुसन्धान र यससम्बन्धी पूर्वाधारहरुको आवश्यकताका साथै राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जालको विस्तारको लागि सचेतना बढाउने अपेक्षा गरिएको छ । योसँगै नेपाल सरकारले सूचना प्रविधि र वैज्ञानिक अनुसन्धानका क्षेत्रमा गरिरहेका प्रयासहरु विश्वमाझ पु-याउने अवसर समेत यस सम्मेलनले जुटाउने आशा गरिएको छ । साथै विभिन्न देशका प्रतिनिधिसँगको आपसी अन्तर्क्रियाले नेपाली अनुसन्धानकर्ता तथा शैक्षिक संस्थाहरुले हाल विश्व समुदायसँग गरिरहेका वैज्ञानिक सहकार्यहरुलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया