Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रतिनिधिसभा सदस्यबाट राष्ट्रपति पौडेलले दिए राजिनामा

प्रतिनिधिसभा सदस्यबाट राष्ट्रपति पौडेलले दिए राजिनामा


काठमाडौं । राष्ट्रपति पदमा निर्वाचित भएपछि प्रतिनिधिसभा सदस्यबाट राष्ट्रपति रामचन्द्र पौडेलले राजिनामा दिएका छन् । यही फागुन २५ गते उनी राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

सभामुखलाई पत्राचार गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६२ (६) बमोजिम प्रतिनिधिसभा सदस्यको राजनैतिक पद स्वतः रिक्त हुने व्यहोरा जानकारी गराएका छन् ।

सभामुख, सङ्घीय संसद् सचिवालय, तनहुँ निर्वाचन क्षेत्र नं. १ का मतदाता, जिल्लावासी तथा शुभेच्छुकहरुबाट आजसम्म प्राप्त साथ र सहयोगप्रति पौडेलले आभार प्रकट गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया