Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकृषि विकासका माध्यमबाट देशको अर्थतन्त्र बलियो बनाउन जोड

कृषि विकासका माध्यमबाट देशको अर्थतन्त्र बलियो बनाउन जोड


काठमाडौं,नेपाल डेरी एशोसिएसनले कृषि विकासका माध्यमबाट देशको अर्थतन्त्र निर्माणमा टेवा पु¥याउँदै बेरोजगार साना किसान र कृषि उत्पादनमा आधारित उद्यमीको अधिकार सुनिश्चितताका लागि अपिल गरेको छ ।

एशोसियसनले सबै कृषि क्षेत्रमा सरोकार राख्नेको अधिकार रक्षाका लागि वैदेशिक लगानी नभई नेपाली लगानीमार्फत नेपाली कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउनुपर्नेमा समेत जोड दिएको छ । नेपाल कालान्तरमा आफ्नो खेतबारीबाटै पलायन हुने, दैनिक रोजीरोटी र जीविकोपार्जनबाट वञ्चित हुने अवस्थाको सिर्जना भई संविधानले सुनिश्चित गरेको कृषकको मौलिक हकसमेत हनन् हुने भन्दै एशोसियसनले कृषिमा वैदेशिक लगानी खुला गर्न नहुनेमा जोड दिएको छ ।

“स्वदेशी लगानी सम्मेलन गरी राज्यले लगानीको ग्यारेन्टी लिने र राम्रो वातावरण सिर्जना गर्ने हो भने यहीँ चाहिएको जति लगानी आउँछ, तर राज्यले स्वदेशी लगानी कर्तालाईभन्दा विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्नु अत्यन्तै गैरजिम्मेवारी हो भन्ने कुरा नेपाल डेरी एशोसिएसनको ठम्याई छ”, आज जारी विज्ञप्तिमा भनिएको छ ।

आजसम्म करिब ४० अर्ब लगानी सहकारी क्षेत्र र डिडिसीबाहेक निजी डेरी क्षेत्रले मात्र गरिसकेको एसोसियसनको भनाइ छ । दूधमा ८० प्रतिशत आत्मनिर्भर भइसकेका र दैनिक रु छ करोड रकम सहरबाट गाउँसम्म जाने गरेको र छ लाख कृषक परिवार दुग्ध क्षेत्रमा आश्रित रहेको एशोसियसनको तथ्याङ्क छ । ३५ हजारभन्दा बढीले डेरी उद्योगमा रोजगार पाएका छन् । कृषि क्षेत्रमा पनि ९ प्रतिशत दुग्ध क्षेत्रको मात्र योगदान रहेको छ । लाखौँ अरु मानिसले दुग्ध क्षेत्रमा अदृश्यरुपले रोजगार पाएका छन् । रासस


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया