गोरखामा ट्रक दुर्घटनामा दुईको मृत्यु, छ घाइते
गोरखा,गोरखामा ट्रक दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । गोरखा नगरपालिका–६ स्थित बिसौनीमोडमा प्र–३–०१–००३ क ६१७० नम्बरको तरकारी बोकेको ट्रक दुर्घटनामा परेकोे जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।
दुर्घटनामा परी गोरखाको आरुघाट गाउँपालिका घर भएका ट्रकका चालक उमेश श्रेष्ठ र दोलखा जिल्ला सैलुङ गाउँपालिका–७ घर भई राष्ट्रिय वाणिज्य बैंक गजुरी शाखामा कार्यरत वर्ष ३२ का विष्णु खड्काको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको गोरखा अस्पतालमा र खड्काको चितवनस्थित भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको उपरीक्षक लामिछानेले बताए ।
दिउँसो गोरखा बसपार्कबाट आबुखैरेनीतर्फ आउँदै गरेका ट्रक अनियन्त्रित भएर विपरीत दिशाबाट आउँदै गरेको बा ८६ प १७८५ नम्बरको मोटरसाइकल र बाटोमा रहेको पैदलयात्री लछारेर सडकदेखि झण्डै २० मिटर तल खसेको थियो । दुर्घटनामा परेर घाइते हुनेमा सहिद गाउँपालिका–७ घर भएका ३० वर्षकी रमला राना मगर, ५९ वर्षका लालबहादुर गुरुङ र ६८ वर्षका नारायण भुजेल रहेका छन् ।
अन्य घाइतेमा गोरखा नगरपालिका १० की ४९ वर्षकी सावित्री विक, बर्दिया घर भएका २८ वर्षका मङ्गल चौधरी र ठेगाना र उमेर खुल्न बाँकी रहेका बुद्धीबहादुर नेपाली रहेका छन् । गम्भीर घाइते दुई जनाको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ भने अन्य घाइतेको गोरखा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड
- बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु
- रातभरका विस्फोटनले बेइरुतमा गुमेको निद्रा, लेबननमा नेपाली कति सुरक्षित ?
- वर्षाले विध्वंस गरेका ठाउँमा विभिन्न रोगको जोखिम, रोकथाम गर्न कस्तो प्रयास हुँदै छ ?
- राजमार्गमा दर्जनौँको ज्यान लिने अधुरा सडकका ‘धराप’
- स्वास्थ्य मन्त्री पौडेलद्वारा नागरिकलाई सहजरुपमा सेवा दिन आग्रह
- भ्रष्टाचार आरोपमा सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय
- भुटान र भारतीय कम्पनीबीच नवीकरणीय ऊर्जा सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया