Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएसएमएल इसुजुको कमर्सियल गाडीहरूको फ्रि सर्भिस क्याम्प सुरु

एसएमएल इसुजुको कमर्सियल गाडीहरूको फ्रि सर्भिस क्याम्प सुरु


काठमाडौं । लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले नेपालमा एसएमएल इसुजुका कमर्सियल गाडीहरुको फ्रि सर्भिस क्याम्प सुरु गरेको छ ।

कम्पनीले एसएमएल इसुजुका गाडीहरुको लागि एक हप्ताको निःशुल्क सर्भिस क्याम्प काठमाडौंको गुर्जुधारामा रहेको जीएफआई सर्भिस सेन्टरमा सोमबारदेखि सञ्चालनमा ल्याएको हो । यो सर्भिस क्याम्प चैत्र ४ गतेसम्म छ दिन सञ्चालन हुनेछ । यो सर्भिस क्याम्पमा गाडीका सबै पार्टपुर्जाको शतप्रतिशत फ्रि चेकजाँच गरिनेछ । यस्तै सामान्य मर्मत सम्भारमा लाग्ने लेबर चार्जमा शतप्रतिशत, विशिष्टीकृत मर्मत सम्भारमा लाग्ने लेबर चार्जमा ५० प्रतिशत र लुब्रिकेन्टहरुमा १५ प्रतिशतको छुट उपलब्ध गराइने कम्पनीले जनाएको छ । साथै स्पेयर पार्टसहरुमा ५० प्रतिशतसम्मको छुट सुविधा रहेको छ । फ्रि सर्भिस क्याम्पमा आउने ग्राहकहरु तथा चालकहरुको लागि विशेष गिफ्टहरु पनि प्रदान गरिने बताइएको छ ।

यस्तै सर्भिस क्याम्पकै अवधिमा कम्पनीले चालकहरुको लागि विशेष किसिमको तालिमको पनि व्यवस्था गरेको छ । गाडीहरुमा भएको परिवर्तन र सञ्चालन विधिसम्बन्धी तालिम सञ्चालन गरिनेछ । यो सर्भिस क्याम्पमा आफ्ना एसएमएल इसुजुका गाडीहरु लिएर आएर विभिन्न छुट तथा तालिम प्राप्त इन्जिनियरहरुबाट चेकजाँच गराई सुविधा लिन आफ्ना ग्राहकहरुलाई कम्पनीले आग्रह गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया