Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोना महामारी : अमेरिकी नागरिकलाई प्रतिव्यक्ति १ हजार डलर हातैमा दिने प्रस्ताव

कोरोना महामारी : अमेरिकी नागरिकलाई प्रतिव्यक्ति १ हजार डलर हातैमा दिने प्रस्ताव


वासिङ्टन, चैत ७
चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड १९)ले विश्व महामारीको रुप लिएपछि विभिन्न देशका सरकारहरु अर्थतन्त्र संकटमा गुज्रिने भन्दै उपायको खोजीमा लागेका छन् । अमेरिकाले भने अर्थतन्त्रको सन्तुलन बिग्रिन नदिन अनौठो प्रस्ताव ल्याएको छ – हरेक नागरिकलाई हातैमा १ हजार डलर दिने ।

तीन दिनअघि मात्रै यो प्रस्ताव आएको हो । रिपब्लिकन सिनेटर (माथिल्लो सदनका सदस्य) मिट रोम्नीले यस्तो प्रस्ताव संसदमा दर्ता गराएपछि राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले पनि समर्थन गरेको थियो । सोसँगै आगामी केही हप्तामा अमेरिकी नागरिकले प्रतिव्यक्ति १ हजार डलर पाउन सक्ने देखिएको चर्चित पत्रिका द वासिङटन पोष्टले जनाएको छ ।

कोरोनाले घरभित्रै थुनिएका अमेरिकी नागरिकलाई यसले राहत दिने अपेक्षा गरिएसँगै सत्तापक्ष र विपक्षका सांसदहरुले समेत यसको समर्थन गरेका छन् । यसलाई अनपेक्षित कदमका रुपमा लिइएको छ । ह्वाइटहाउसले त नागरिकलाई दिइने रकम अझै बढी हुनसक्ने संकेत गरेको छ ।

ट्रम्प प्रशासनले यसलाई सकारात्मक रुपमा लिएको अमेरिकी वाणिज्य सचिव स्टिभन म्नुचिनले पनि पत्रकार सम्मेलनमा सार्वजनिक गरिसकेका छन् । ह्वाइटहाउसले भने ८ सय ५० अर्ब डलरको राहत प्याकेज ल्याउने तयारी गरेको छ । तर यो प्रस्ताव अमेरिकी सदनले पारित गर्नुपर्नेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x